
Gsbus
Jsbus
gms
Bksbus5
Ratbs
Syees
Csbus
Gsl
Pbu
Amb
Ddhbs
Rbs
Ssbus
syysr
dsbus
Nssbus7

Pvg
Rsb
Ksm
Gst
Rgs
Asm
Tsm
Hal
Sbs
Sls
Ggd
Bbu
Ssm
Vor
Rgu
Wsp
Rgu
Bbbpu
nsb

sab
Rmb
Abd
Gsb
Jmb
bbt
Bml
Ptm
Rpp
Syp
Jmb
Mks
Pls
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरीमा ह्वाइट हाउस फर्किने भएका छन् । ह्वाइट हाउस फर्किएपछि उनले आप्रवासीहरूप्रति कस्तो दृष्टिकोण राख्छन् भन्ने सबैको कौतहुलताको विषय बनेको छ ।
त्यस्तै ट्रम्पले गत सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै राष्ट्रिय आपतकाल घोषणा गर्ने र अमेरिकामा गैरकानूनी रूपमा रहेका आप्रवासी हरूलाई देशनिकाला गर्न सेना प्रयोग गर्ने बताएका थिए । यस्तै उनले सन् २०१९ मा लागू भएको आफ्नो ‘रेमेन इन मेक्सिको’ कार्यक्रम पुनः सुरु गर्ने कुरा गरेका छन् । यस कार्यक्रमअन्तर्गत केही देशका नागरिकहरू उनीहरूको शरणार्थी आवेदनहरू प्रक्रियामा नगएसम्म मेक्सिकोमै रहनुपर्ने बाध्यकारी अवस्था थियो ।
त्यस्तै मिडिया रिपोर्टका अनुसार ट्रम्पले सीमा पार गर्ने संख्या बढिरहेको र फेन्टानिल तथा बालबालिकाको तस्करीहरू बढिरहेकाले यी आपतकालीन कदमहरू चाल्नुपरेको बताएका छन् । ट्रम्पले सीमा पार गर्ने वा अन्य अध्यागमन कानुन उल्लङ्घन गर्ने सबै आप्रवासीहरूलाई पक्राउ गर्ने योजना रहेको समेत बताएका छन्। गैरकानुनी आप्रवासीहरूलाई पक्राउ गर्न र देशनिकाला गर्न नेशनल गार्ड प्रयोग गर्ने बताउँदै उनले आवश्यक परे सेना नै प्रयोग गर्न पछि नपर्ने उल्लेख गरेका छन् ।
आफ्नो चुनावी अभियानका बेला ट्रम्प अवैध आप्रवासीका सम्बन्धमा निकै कडा रूपमा प्रस्तुत भइरहेका थिए ।
यसपटक उनी आफ्नो पहिलो कार्यकालभन्दा पनि कडा हुन सक्ने अनुमान गरिएको छ । उनले सन् २०१७ देखि २०२१ सम्मका आफ्नो कार्यकालका अधूरा नीतिहरूलाई पूरा गर्न पहल गर्ने वाचा समेत गरेका छन् । सन् २०२० मा ट्रम्पलाई हराएर राष्ट्रपति बनेका जो बाइडेनले आफ्नो कार्यकालमा थप सुव्यवस्थित आप्रवासन नीतिहरू बनाउने भनेपनि उनले अवैध रूपमा सीमा पार गर्ने आप्रवासीहरूको बढ्दो संख्यालाई नियन्त्रण गर्न भने संघर्ष गरेका थिए ।
पछिल्लोपटकको चुनावमा अध्यागमन नै मुख्य विषय रहेको थियो । एडिसन रिसर्चका अनुसार ३९ प्रतिशत मतदाताले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्ने अधिकांश आप्रवासीहरूलाई देशनिकाला गर्नुपर्ने बताएका थिए भने ५६ प्रतिशतले उनीहरूलाई कानुनी हैसियतका लागि आवेदनको मौका पाउनुपर्ने पक्षमा थिए ।अक्टोबरमा आयोजित एक चुनावी र्यालीमा ट्रम्पले बाइडेनको शरणार्थी नीति सीमा सुरक्षाको लागि अपर्याप्त रहेको भन्दै त्यसलाई उल्टाउने बताएका थिए । ट्रम्पले अपराधीहरूलाई लक्षित गर्दै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सुरु गर्ने बताएका छन् भने लाखौं आप्रवासीहरूलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने लक्ष्य समेत राखेका छन् । बाइडेनका प्राथमिकताहरू गम्भीर अपराधीहरूलाई केन्द्रीत रहेको भन्दै ट्रम्पले त्यसलाई अन्त्य गर्ने बताएका थिए ।
ट्रम्पले केही देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने समेत बताएका छन् । उनले गाजा स्ट्रिप, सिरिया, यमन र त्यस्ता केही क्षेत्रबाट आउने मानिसहरूबाट सुरक्षाको खतरा हुन सक्ने बताउँदै उनीहरूलाई यात्रा गर्नबाटै रोक्ने कुरा गरेका छन् । साथै, ट्रम्पले बाइडेनको मानवीय प्यारोल योजनाहरू अन्त्य गर्ने वाचा गरेका छन्। त्यस्तै उनले गैरकानूनी आप्रवासीका सन्तानलाई नागरिकता दिने प्रक्रिया अन्त्य गर्ने बताएका छन् जुन अमेरिकी संविधानको संशोधनको लामो समयदेखिको व्याख्याको विरुद्ध हुनेछ। ट्रम्पले बाइडेनको शरणार्थी पुनर्वास नीति अन्त्य गर्ने कुरा पनि गरेका छन्।
ट्रम्पले सन् २०१८ मा हजारौं आप्रवासी बालबालिकाहरूलाई तिनीहरूका आमाबाबुबाट अलग गराइने गरी बनाइएको विवादास्पद ‘शून्य सहिष्णुता’ नीतिलाई पुनस् लागू गर्ने सम्भावनालाई पनि नियालिरहेका छन् । यद्यपि ट्रम्पले नियुक्त गरेका नयाँ सीमा संरक्षकले भने परिवारका सदस्यहरूलाई हिरासतमै भएपनि सँगै राख्नु उचित हुने सुझाव दिएका छन् । यससँगै ट्रम्पले विवादास्पद डीएसीए कार्यक्रम अन्त्य गर्ने कुरा गरेका छन् । सन् २०१२ मा सुरू भएको डीएसीए एक अमेरिकी अध्यागमन कार्यक्रम हो जसले कानुनी कागजातहरू बिना बालबालिकाको रूपमा अमेरिका पुगेका आप्रवासी युवाहरूलाई अस्थायी सुरक्षा प्रदान गर्दछ । त्यस्तै उनीहरू निर्वासनबाट पनि सुरक्षित हुन्छन् भने काम गर्न पनि अनुमति दिइन्छ। तर, उनीहरुले अमेरिकी नागरिकता भने प्राप्त गर्दैनन् ।
