
Pbu
Amb
syysr
gms
Rbs
Gsbus
Jsbus
Csbus
Syees
dsbus
Ssbus
Gsl
Ddhbs
Nssbus7
Ratbs
Bksbus5

Vor
nsb
Sbs
Gst
Hal
Ksm
Sls
Ggd
Rgs
Ssm
Bbu
Pvg
Bbbpu
Asm
Wsp
Rgu
Rgu
Rsb
Tsm

Jmb
sab
Bml
Pls
Rpp
Gsb
bbt
Jmb
Syp
Ptm
Rmb
Mks
Abd
काठमाडौं । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा विभिन्न ८ विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे सचिवालयले साे जानकारी दिएकाे हाे । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङकाे उपस्थितिमा ग्रेट हल अफ पिपलमा साे सहमति भएकाे हाे । थप बिवरण आउन बाँकी रहेकाे छ ।
त्यस्तै साे अघि प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरिएको थियो भने समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराएका थिए भने चिनिया प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराए ।
यस्तै प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका हुन् ।
भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा,सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायत रहेका छन् ।
