
Ggp
Sdc
Lnp
Ksbus
Rgp
Msbus
Ksbus
Asbus
Ggp


रोल्पा । सुनछहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ करोड ६३ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट बुधबार आज सार्वजनिक गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम कार्यान्वयन तथा अनिवार्य दायित्व भुक्तानीका लागि स्थानीय सञ्चित कोषबाट उक्त बजेट विनियोजन गरेको जनाएको छ । कुल बजेटमध्ये चालु खर्चतर्फ ३२ करोड ७ लाख २७ हजार रुपैयाँ (७७ प्रतिशत) तथा पुँजीगत खर्चतर्फ ९ करोड ५६ लाख ४५ हजार रुपैयाँ (२३ प्रतिशत) विनियोजन गरिएको हो ।
त्यस्तै,आगामी आर्थिक वर्षमा अनुमान गरिएको खर्च व्यवस्थापनका लागि गाउँपालिकाले विभिन्न स्रोतबाट आय प्राप्त हुने प्रक्षेपण गरेको छ । बजेटका स्रोतअन्तर्गत बैंक मौज्दातबाट ५० लाख रुपैयाँ, आन्तरिक राजस्वबाट ५५ लाख रुपैयाँ गरी १ करोड ५ लाख रुपैयाँ आन्तरिक स्रोत रहने अनुमान गरिएको छ ।
त्यसैगरी संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडतर्फ १० करोड ९६ लाख ४१ हजार रुपैयाँ, समानीकरण अनुदानतर्फ ८ करोड २४ लाख रुपैयाँ, शसर्त अनुदान चालूतर्फ १५ करोड ८३ लाख रुपैयाँ, शसर्त अनुदान पुँजीगततर्फ ७० लाख रुपैयाँ, समपुरक अनुदान पुँजीगततर्फ २६ लाख रुपैयाँ तथा विशेष अनुदानतर्फ १ करोड ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै,लुम्बिनी प्रदेश सरकारबाट राजस्व बाँडफाँड तर्फ १ करोड ४१ हजार रुपैयाँ, समानीकरण अनुदानतर्फ ५१ लाख ९१ हजार रुपैयाँ, शसर्त अनुदान पुँजीगततर्फ ६० लाख रुपैयाँ, समपुरक अनुदान पुँजीगततर्फ ७५ लाख रुपैयाँ तथा विशेष अनुदानतर्फ २२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट तथा कार्यक्रम अघि सारेको जनाएको छ । प्रस्तुत बजेटले स्थानीय विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
