
Srbpu
Gis
Cps
Rgp
Gfs
Sds
Unsku
Ggp
pku
cjs
Lnp
Rmb
Rgp1
Djs
Sgr
sbs
Rgp
Pbu
Pes
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । “पूर्ण खोप सुरक्षित भविष्य”खोप पाउनु बालबालिकाको ‘नैसर्गिक अधिकार हो ‘ भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका वडा नम्बर ६ लाई शुक्रबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो । वडा खोप समन्वय समितिले […]
दाङ । लमही नगरपालिकाले आयोजना गरेको दुई दिने किशोरी आत्मरक्षा तालिमको उद्घाटन गर्दै कार्यबाहक नगर प्रमुख उमेश कुमार खड्काले वर्तमान समयमा किशोरी तथा महिलामाथि हुने हिंसा,दुर्व्यवहार र असुरक्षाका घटनाहरु बढ्दै गइरहेको अवस्थामा आत्मरक्षा सम्बन्धी तालिम अत्यन्त आवश्यक भएको बताएका छन् । उनले आत्मरक्षा भनेको केवल शारीरिक प्रतिकार मात्र नभई मानसिक रुपमा सचेत,आत्मविश्वासी र सजग बन्ने […]
दाङ । एभरेस्ट बैंक लिमिटेड लमही शाखाले दृष्टिविहीनता न्यूनीकरणका लागि आर्थिक सहयोग गरेको छ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित लमही आँखा अस्पताललाई एभरेस्ट बैंक लिमिटेडले पाँच लाख रकम बिहीबार सहयोग गरेको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा.सम्शेर थापाले जानकारी दिए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत […]
काठमाडौँ । सर्वोच्च अदालतले सुकुम्वासी बस्तीहरु नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उचित विकल्प र कानुनी प्रक्रियाबिना सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई आवासबाट निष्कासन नगर्न सरकारका नाममा आदेश दिएको हो । त्यस्तै,अदालतले काठमाडौँका विभिन्न नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर लगाएर हटाउने कार्यले नागरिकको मौलिक […]
धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफूले पाउने पारिश्रमिक तथा सेवा–सुविधा सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएका छन् । मेयरमा निर्वाचित भएदेखि नै सरकारी सुविधा नलिने घोषणा गरेका हमालले हालसम्म प्राप्त सम्पूर्ण रकम शिक्षा, गौ–सेवा र असहायहरूको सहयोगमा खर्च गर्दै आएका छन् । सोही प्रतिबद्धताको निरन्तरता दिँदै शुक्रबार हमालले धनगढीमा पत्रकार सम्मेलन […]
सल्यान । सल्यानको दार्मा गाउँपालिका वडा नम्बर २ भुसखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट दुई जना समेत घाइते भएका छन् । फारुल्लाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर शुक्रबार आज दिउँसो करिब १:३० बजे सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको हो । त्यस्तै,दुर्घटनामा ट्याक्टर […]
काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबिच एकताको सहमति भएको छ । गएराति भएको दुई पक्षीय वार्ताका क्रममा एकतासम्बन्धी सहमति भएको हो । किराती निकट स्रोतका अनुसार उनलाई वरिष्ठ नेताका साथै उनी निकटका केही नेताको व्यवस्थापन गर्नेगरी एकताको सहमति भएको हो । त्यस्तै,सहमतिसँगै आजै एकताको घोषणा गर्नेगरी राजधानीमा कार्यक्रम राखिएको […]
काठमाडौँ । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली,स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भागमा आंशिक बदली रहेको छ । यस्तै,बागमती, […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जको बरिष्ठ संरक्षण अधिकृतमा डिलबहादुर पुर्जा पुन आउने भएका छन् । प्रमुख संरक्षण अधिकृत रहेका डा.गणेश पन्तलाई मन्त्रालयले विभागमा सरुवा गरेपछि पुनलाई बरिष्ठ संरक्षण अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो । शिवपुरी राष्ट्रिय निकुञ्जमा १५ महिना काम गरेका पुन यसअघि झण्डै २० महिना चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर काम गरेका […]