
cjs
Rgp
Unsku
Sds
Sgr
pku
Djs
Lnp
Gis
Ggp
Pbu
sbs
Srbpu
Rgp
Pes
Rgp1
Gfs
Cps
Rmb
बुटवल । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबास संघर्ष समिति रुपन्देहीको आह्वानमा बिहीबार बुटवलमा प्रदर्शन भएको छ । बुटवलको राजमार्ग चौराहाबाट मिलन चोक–अस्पताल रोड हुँदै ट्राफिक चोकसम्म विरोध प्रदर्शन गरिएको हो । सरकारले आवश्यक तयारी र छलफलविना भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई उठिबास लगाउने गरी डोजर आतंक मच्चाएको भन्दै त्यसविरुद्ध गरिएको प्रदर्शनमा सरकार तथा प्रधानमन्त्री […]
काठमाडौं । पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध मुद्दा दायर गरेको हो । उक्त मुद्दा विशेष अदालतमा रुजु हुने प्रक्रियामा रहेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए । त्यस्तै,अख्तियारले गत २१ मंसिरमा पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार […]
काठमाडौं । मुग्लिन-आँबुखैरेनी सडक खण्डमा ठूलाठूला ढुंगा खस्दा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । सडकमाथिबाट ढुंगा खस्दा बिहीबार दिउँसो केहीबेर सडक अवरुद्ध भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले एउटा जेसीबीको सहयोगमा ढुँगा पन्छाएसँगै यातायात सञ्चालनमा आएको प्रहरी निरीक्षक प्रतीक सुवेदीले अनलाइनखबरलाई जानकारी दिए । त्यस्तै,सो सडकखण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका वडा नम्बर […]
दाङ । देउखुरीको गढवामा सबैभन्दा ठूलो विषालु सर्प राज गोमन पहिलो पटक भेटिएको छ । विश्वकै सबैभन्दा ठूलो विषालु सर्प मानिने राज गोमन -किङ कोब्रा) पहिलो पटक गढवामा भेटिएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ लक्षिनपुर निवासी स्थानीय शुसिला गुरुङ्को घरबाट सर्प उद्दारकर्ता शिवु खनालले बुधवार राती ८ बजे उक्त गोमन सर्प उद्धार गरेका […]
दाङ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने सम्मका निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राप्ती उपत्यका (देउखुरी) मा बिहीबार सम्पन्न बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको स्वास्थ्य […]
कञ्चनपुर । पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने मालसमानमा कडाइ गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा मालवस्तु किनमेलका लागि चहल पहल बढेको छ । भारतबाट आायत हुने सामानमा गड्डाचौकी नाकामा भन्सार कडाइ गरेपछि दैनिक उपभोेग्यदेखि मालसमान खरिदका लागि सीमावर्ती भारतीय बजार वनबासा जाने क्रम घटेको छ। यसरी हेर्दा दैनिक मालवस्तु किनमेलका लागि लाग्ने गरेको […]
काठमाडौँ । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली प्रदेशमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ । त्यस्तै,आज दिउँसो […]
दाङ । नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले मगर तथा थारु समुदायका मौलिक, सांस्कृतिक तथा भाषिक अधिकारसँग सम्बन्धित महत्वपूर्ण विषयहरुमा लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । संघले प्रदेश सरकारलाई बुझाएको ज्ञापनपत्र मार्फत ‘भुमे पर्व’ का अवसरमा सार्वजनिक बिदा घोषणा गर्न तथा मगर र थारु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्न माग गरेको हो […]
काठमाडौं । सार्वजनिक जग्गा जथाभावी बाँडफाँट गरेको आरोपमा पूर्वप्रधानमन्त्रीदेखि पूर्वमुख्यसचिवसम्मलाई पक्राउ पुर्जी जारी गर्नुपर्ने मागसहित दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा बसेको संवैधानिक इजलासले रिट निवेदनमाथि कारण देखाऊ आदेश जारी गरे पनि तत्काल अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको जनाएको हो। भेषराज लुइँटेललगायतले सार्वजनिक […]