राजपुरको बेला सब डिभिजन वन अन्तरगत १८ समुहलाई योजना तर्जुमा तालिम

दाङ । देउखुरीको डिभिजन वन कार्यालय दाङ देउखुरीको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बेला सव डिभिजन वन कार्यालयको आयोजनामा सव डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठी एक दिने तालिम बिहीबार राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा सम्पन्न भएको छ ।बेला सव डिभिजन वन कार्यालय स्तरीय १८ वटा सामुदायिक वन उपभोक्ता समुहका […]

दाङको देउखुरीमा प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेल शनिबारदेखि सुरु हुने

दाङ । देउखुरीकाे लमहीमा यही पुसकाे ११ गतेदेखि १९ गते सम्म जारी रहने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट खेलकुद प्रतियाेगिता तयारी अन्तिम चरणमा रहेकाे अायाेजकले जनाएको छ । जस अन्तरगत अहिले खेलमैदानकाे तयारी ९९ प्रतिशत पूरा भएको जनाएको हाे । नेपाल किर्केट संघ क्यानकाे अायाेजना तथा देउखुरी किर्केट क्लबकाे सहयाेगमा प्रतियाेगिता हुने भएको हाे । […]

दाङ,देउखुरीकाे प्रमुख बजार लमहीमा तरकारीको मूल्य घट्यो

दाङ । देउखुरीकाे लमही बजारमा तरकारीको मुल्य घटेको जनाइएको छ । स्थानीय स्तरमा उत्पादित तरकारीहरु बजारमा अाउन थाले पछि तरकारीको मूल्य घटेकाे हाे । लमही सब्जि मन्डिका गितेश गुप्ताका अनुसार अहिले फुलगाेभि ५० रुपैयाँ किलो,टमाटर ४० रुपैयाँ बन्दगाेभि ३५ ,गाँजर १०० ,खुर्सानी हरियाे १००,लसुन २५० ,प्याज १०० भारतकाे,लाेकल १५० रुपैयाँ ,अालु नयाँ ५० ,अालु पुरानाे […]

दाङ,देउखुरीको अर्जुन आधारभुत बिद्यालयको अध्यक्षमा पुन:चौधरी

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ हसनापुरको अर्जुन आधारभुत बिद्यालयको अध्यक्षमा पुन:प्रेमलाल चौधरी सर्बसहमतीबाट चयन हुनु भएको छ । मंगलबार सम्पन्न अभिभावक भेलाले चौधरीकै नेतृत्वमा नयाँ बिद्यालय ब्यबस्थापन समिति गठन भएको हो । सदस्य सचिबमा बिद्यालयका प्रधानाध्यापक महेश न्यौपाने रहेका छन् भने सदस्यहरुमा ध्रुब बहादुर चौधरी, रोसनी बोहरा, टिका घर्ती र मनोनित सदस्यहरुमा […]

दाङको राजपुर गा.पामा क्रियाशिल संघ संस्थाको बीच समन्वयात्मक बैठक

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा संचालित एवं क्रियाशिल विभिन्न संघ संस्थाहरुको बीचमा समन्वयात्मक बैठक सोमबार एक कार्यक्रमको बीचमा बैठक सम्पन्न भएको छ । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकराज केसी प्रमुख आतिथ्यता एवं नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाखाका सभापति नारायण आचार्यको विशेषअतिथिमा संचालन भएको छलफल बैठक कार्यक्रममा प्रमुख अतिथि केसीले […]

दाङको राजपुरमा नेकपा नेता सहित ५१ जना कांग्रेसमा प्रवेश

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित ताली गाउँका कम्युनिस्ट जन्मदाता एक नेता सहित ५१ जना स्थानीय बासी आइतबार एक कार्यक्रमको बीचमा पार्टी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नेकपा परित्याग गरि गाउँका सबै स्थानिय कांग्रेसमा प्रबेश गरेपछि ताली गाउँ काँग्रेसमय बनेको हो । आईतबार त्यहाँ आयोजित कार्यक्रमको अबसरमा ५१ जना स्थानिय कांग्रेसमा […]

सुर्खेतमा संसद विघटन सम्बन्धि प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन

सुर्खेत । सुर्खेतमा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रर्दशन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि आफनै पार्टीका युवा-विद्यार्थीले पर्दशन गरेका हुन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा आइतबार आयोजित विरोधसभामा बोल्दै युवा विद्या र्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार […]

काठमाडौं-प्रतिनिधिसभा भंग,वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । र, आम निर्वाचनको मितिसमेत तोकेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका थिए ।तर,राष्ट्रपति […]

श्रीराम चिनी उद्योगले किसानको खातामा हाल्यो १६ करोड बढी

जनकपुरधाम । रौतहटस्थित श्रीराम चिनी उद्योगले किसानको खातामा पैसा पठाउन शुरु गरेको छ । उसले शुक्रबार ५ हजार ३ सय जना किसानको खातामा रकम पठाएको छ । उक्त चिनी मिलका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएपछि उद्योगले भुक्तानी दिन शुरु गरेको हो । शुक्रबार श्रीराम चिनी उद्योगले १६ करोड ४४ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]