
Nsb
Ksb
Ppu
Tgp
jsb
Rsb
Rks
Gsb
Ssb
Csb
Bsn
Ksb
Ksb
Fmb
Usb
Ssb

Ssb
Usb
Hl1
Gsb
Tsb

Rgu
ptl
Nps
एजेन्सी । म्यानमारको अस्पतालमा सैन्य हवाई आक्रमण हुँदा ३० जनाभन्दा बढीको ज्यान गएको छ । सेनाले डिसेम्बर– २८ देखि सुरु गर्ने मतदानको विरोध घोषणा गर्दै विद्रोहीहरुले यसलाई आफ्नो नियन्त्रणको क्षेत्रबाट रोक्ने वाचा गरेका छन् । जसलाई जुन्टाले फिर्ता लिन लडिरहेको छ ।
एक सैन्य जेटले बुधबार साँझ बंगलादेशको सिमानामा रहेको पश्चिमी राखाइन राज्यको म्राक–यूको अस्पतालमा बम प्रहार गरेको अस्पतालका सहायताकर्मी वाई हुन आङले बताएका छन् । अवस्था निकै डरलाग्दो भएको बताउँदै उनले ६८ जना घाइते भएकाले थप मानिसहरुको मृत्यु हुन सक्ने बताएका छन् ।
त्यस्तै अस्पताल बाहिर जमिनमा कम्तीमा २० वटा शव देखिएको एक जना सहायता कार्यकर्तालाई उद्धृत गर्दै एएफपीले जनाएको छ । जुन्टाका प्रवक्तालाई हालसम्म सम्पर्क गर्न नसकिएको जनाइएको छ । राखाइन राज्य लगभग पूर्ण रुपमा अराकान आर्मी (एए) द्वारा नियन्त्रित छ भने एक जातीय अल्पसंख्यक समूह सेनाले लोकतान्त्रिक नेता आङ सान सुकीको नागरिक सरकारलाई अपदस्थ गर्नुभन्दा अघिदेखि सक्रिय छ । स्वास्थ्य विभागको विज्ञप्तिमा हवाई आक्रमणमा अस्पतालका १० जना बिरामीहरुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
यस्तै शक्तिशाली प्रतिद्वन्द्वी-ए. ए. म्यानमालाई ध्वस्त पार्ने गृहयुद्धमा सबैभन्दा शक्तिशाली विपक्षी समूहहरु मध्ये एकको रुपमा देखा परेको छ, भने अन्य जातीय अल्पसंख्यक लडाकुहरु र प्रजातन्त्र समर्थक पक्षपातीहरु पनि सक्रिय छन् ।
