
Gisld
mbd
Sds
Pbu
Rbs
Mbdvs

Sls
Rgu
Gst
Ksm
Sbs
Ggd
nsb
Bbbpu
Wsp
Pvg
Hal
Rsb
Bbu
Rgs
Asm
Rgu
Tsm
Ssm
Vor

Pls
Mks
Bml
sab
Rmb
Abd
Ptm
Rpp
Jmb
Jmb
Syp
Gsb
bbt
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा संचालित एवं क्रियाशिल विभिन्न संघ संस्थाहरुको बीचमा समन्वयात्मक बैठक सोमबार एक कार्यक्रमको बीचमा बैठक सम्पन्न भएको छ ।
राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकराज केसी प्रमुख आतिथ्यता एवं नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाखाका सभापति नारायण आचार्यको विशेषअतिथिमा संचालन भएको छलफल बैठक कार्यक्रममा प्रमुख अतिथि केसीले राजपुर गाउँपालिका भित्र रहेका गैरसरकारी संघ संस्थाहरुले गाउँपालिकाको विकास निर्माणको कामको लागि र संवृद्धि एवं यहाँको जनताकोहरुको भलाईको लागि अहिलेको प्रस्थितिमा जुन हिसाबले काम गरिरहेको छ,त्यो काम आफ्नो ठाउँमा एकदमै सराहनीय र उदाहरणीय रहेको बताउनु भएको छ ।
त्यसैगरी उहाँले गाउँपालिका भित्रमा विभिन्न संघ संस्थाहरुले जनताको हितमा जुन हिसाबले अहिले काम गरिरहेका छन् ,त्यसरी काम यदि नभएको भए गाउँपालिकाले एकलै आफ्नो गाउँपालिकाको विकास निर्माणको काम गर्नमा गाह्रो हुने बताउनु भयो ।
त्यस्तै अध्यक्ष केसीले काम गर्ने पाटोमा जुन उदेश्यले काम गर्न खोजिएको छ,त्यस अनुसार अलिकति समन्वय कमि भएकोले उदेश्य अनुसार काम गर्न र लक्ष्यित वर्ग कहाँ सम्म पुग्न नसकिएको बताउनु भएको छ । छलफल बैठक कार्यक्रममा उहाँले आगामी दिनमा गाउँपालिका भित्रमा क्रियाशिल रहेर विभिन्न क्षेत्रमा काम कार्य गर्ने संघ संस्थाहरुले गाउँपालिका संग समन्वय गरि नदोहोरिने गरि लक्ष्यित वर्ग कहाँसम्म पुग्ने र पुर्याउने हिसाबले काम गर्न अनुरोध गर्नु भएको छ ।
त्यसैगरी कार्यक्रममा विशेष अतिथि आचार्यले
नेपाल रेड्क्रस सोसाइटीले जिल्लाका दुर्गम पालिकाहरु संग समन्वय गरेर बिपद व्यवस्थापन तथा स्वास्थ्य,शुद्ध खानेपानी लगायतको क्षेत्रमा काम गरिरहेको हुँदा सम्बन्धित निकाय सम्पुर्णले समन्वय गरेर काम गर्नु पर्ने बताउनु भयो । त्यस्तै सो छलफल कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष श्यामबहादुर रोकाले गाउँपालिका भित्रको दुर्गम बस्तीहरुमा पुगेर निम्न वर्गलाई माथि उकास्ने हिसाबले संघ संस्था र गाउँपालिकाले समन्वय गरेर काम गर्नु पर्ने बताउनु भयो ।
गाउँपालिकाको कृषि शाखा प्रमुख रिता भण्डारीको स्वागत मन्तव्यबाट संचालन भएको छलफल बैठक कार्यक्रमको उदेश्य बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनालले प्रस्त पार्नु भएको थियो ।
त्यस्तै छलफल बैठक कार्यक्रममा २०७७/०७८ मा भएको गतिविधि र आगामी हुने कार्य लक्ष्यको बारेमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम राजपुरका संयोजक गिरिजाज भट्ट,नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाखाका कार्यक्रम अधिकृत जगत तामाङ,मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका कार्यक्रम अनुगमन तथा मुल्यांकन अधिकृत सहदेव यादव,क्रियटिङ पोसिविलिटिज नेपालका संयोजक हेमराज शर्मा,दक्षिण देउखुरी अधिकार मञ्चका व्यवस्थापक सपना देवकोटा, वेस सुआहारा कार्यक्रमकाका संयोजक सन्जय चौधरीले आ-आफ्नो संस्थाले गरेको कार्य र गर्नु पर्ने योजनाको बारेमा जानकारी गराउनु भएको थियो भने समन्वयात्मक बैठक कार्यक्रमको संचालन राजपुर गाउँपालिकाका प्रशासन शाखाका साहयक पृथ्वी नारायण पौडेलले गर्नु भएको थियो । त्यस्तै कार्यक्रमको समापन गर्दै उपाध्यक्ष यादवले कुनैपनि कार्यहरु गर्नु भन्दा पहिले संघ संस्थाहरुले गाउँपालिका संग समन्वय गरेर कार्य गरे गाउँपालिका भित्रका निम्न लक्ष्यित वर्ग सम्म पुर्याउनु पर्ने कार्यक्रम पुग्न सक्ने बताउनु भएको थियो ।
