Sidha Patra आइतबार, पौष ०५, २०७७

सुर्खेत । सुर्खेतमा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रर्दशन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि आफनै पार्टीका युवा-विद्यार्थीले पर्दशन गरेका हुन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा आइतबार आयोजित विरोधसभामा बोल्दै युवा विद्या र्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर यूवा र विद्यार्थीहरुले ‘गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौं,संसद विघटन खारेज गरौं,तानाशाह मुर्दावाद,खड्ग ओलीको प्रतिवादी कदम मुर्दावाद,नालायक केपी ओली मुर्दावाद जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री ओलीले चालेको कदमको कडा विरोध गर्दै राष्ट्रिय युवा संघ नेपाल,सुर्खेतका संयोजक पदम वनले ओलीलाई पार्टीबाटै निष्कासन गर्न माग गरे । ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष बन्ने नैतिकता गुमाइ सकेका छन् । संयोजक वनले भने,ओलीलाई पार्टीको साधारण सदस्य नै नरहने गरी निस्कासन गरियोस ।

त्यस्तै लोकतन्त्रको रक्षाका निम्ति आन्दोलन सुरु गर्न लागेको अनेरास्ववियुका केन्द्रीय सदस्य राजेन्द्र बुढाले बताए । संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गर्नुभएको छ,केन्द्रीय सदस्य बुढाले भने,लोकतन्त्रको रक्षाका निम्ति आन्दोलनको आगो बाल्छौं । उनीहरुले प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्री ओलीको अवैधानिक, अलोकतान्त्रिक र निरंकुशता भएको बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]