मेगमन बुढा शुक्रबार, पौष १०, २०७७

दाङ । देउखुरीको डिभिजन वन कार्यालय दाङ देउखुरीको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बेला सव डिभिजन वन कार्यालयको आयोजनामा सव डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठी एक दिने तालिम बिहीबार राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा सम्पन्न भएको छ ।बेला सव डिभिजन वन कार्यालय स्तरीय १८ वटा सामुदायिक वन उपभोक्ता समुहका ३२ जाना समितिका पदाधिकारीलाई डिभिजन वन कार्यालय बेलाका साहायक वन अधिकृत टेकन आचार्यले सहभागीलाई स्वागत गर्नु भएको थियोे भने डिभिजन वन कार्यालय देउखुरीका साहायक वन अधिकृत प्रेमिलाल प्रसादले योजना तर्जुमाको परिचय महत्त्व तथा योजना तर्जुमा विषयमा सहभागीलाई प्रशिक्षण माध्यमद्वारा जानकारी गराउनु भएको थियो ।गोष्ठी कार्यक्रममा सहभागी समुहले आ-आफ्नो सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष २०७७/०७८ को योजनाको खाका प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर १ का वडा सदस्य शिउ प्रसाद चौधरी र वडा नम्बर २ का सदस्य शान्ता नेपालीको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]