
Jns
Rgp
Ggp
Rgp
lnp
Usb
Asb
ksb
Lnp
Sgp
Lks
Rgp
Ggp
Rgp
Dus

lms

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ पुन्यपुरमा रहेकाे फाेहर व्यवस्थापन केन्द्रमा आगलागी भएको छ ।
राप्ती गाउँपालिकाले यहाँ फाेहर व्यवस्थापन गर्दै आएको थियाे । पछिल्लो समय फाेहर व्यवस्थापनमा स्थानीयहरुले अवराेध गर्दै आएका थिए । जसकाे कारणले गर्दा विवाद चुलिँदाे थियाे ।
त्यस्तै व्यवस्थित रुपमा फाेहर व्यवस्थापन नगरेकाे स्थानीयकाे आराेप थियाे । वार्ताबाट निकास निकाल्न प्रयास थालिएको थियाे र केही हदसम्म सहमतिकाे वातावरण बनेकाे थियाे ।
फाेहर व्यवस्थापन केन्द्रमा भएको आगाेलागी नियन्त्रणका लिने काम भइरहेकाे इलाका प्रहरी कार्यालय भालबाङ्गका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए ।
वडा अध्यक्षले खबर गरेपछि घटनाबारे थाहा भयाे । आगाेलागी नियन्त्रणमा लिने काम भएको छ,उनले भने-फाेहर व्यवस्थापनका लागि बनाइकाे घर जलेकाे छ । कसरी आगाेलागि भयाे भन्ने बारेमा अनुसन्धान भएपछि बल्ल कारण पत्ता लाग्छ ।
