
mbd
Rbs
Sds
Mbdvs
Pbu
Gisld

Ggd
Tsm
Bbbpu
Rgs
Ssm
Sbs
Rsb
Pvg
Asm
nsb
Wsp
Gst
Hal
Vor
Ksm
Rgu
Bbu
Sls
Rgu

Abd
Bml
Pls
Rmb
Rpp
Jmb
Gsb
Ptm
Syp
bbt
sab
Jmb
Mks
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघको बार्षिक तेश्रो अधिबेशन आगामी माघ ३ गते हुने भएको छ । संघका अध्यक्ष रविलाल आचार्यको अध्यक्षतामा बिहिवार देउखुरीको गढवामा सम्पन्न कार्यसमितिको पुर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
कोभिड १९ का कारण बार्षिक साधारणसभा समयमै सम्पन्न गर्न नसकिएकोले बार्षिक साधारण सभा सहित अधिबेशनको तयारी गरिएको र नयाँ नेतृत्वको चयन समेत गरिने अध्यक्ष आचार्यले जानकारी दिनु भयो । सो अवसरमा सर्बसम्मत नेतृत्व चयनको प्रयास गरिने संघले जनाएको छ । गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका १५ बटा वडाहरु कार्यक्षेत्र रहेको यस संघमा हालसम्म १ हजार एक सय बढी सदस्यहरु रहेको संघका बरिष्ठ उपाध्यक्ष खिमबहादुर बुढा मगरले जानकारी दिनु भएको हो ।
संघको बैठकले बिधान बमोजिम नयाँ सदस्यता दर्ता गर्ने कार्य बन्द गरेको छ भने यहि पुष २६ गतेसम्म पुराना सदस्यहरुलाई नविकरणको म्याद रहेको भन्दैे नविकरण गर्न बाँकी रहेका ब्यवसायिहरुलाई समयसिमा भित्रै नविकरण गर्न समेत संघले आग्रह गरेको छ ।
