
Ksb
Gsb
Ksb
Csb
Tgp
Ppu
Ssb
Ksb
jsb
Ssb
Fmb
Rks
Nsb
Rsb
Usb
Bsn

Gsb
Tsb
Ssb
Usb
Hl1

ptl
Nps
Rgu
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघको बार्षिक तेश्रो अधिबेशन आगामी माघ ३ गते हुने भएको छ । संघका अध्यक्ष रविलाल आचार्यको अध्यक्षतामा बिहिवार देउखुरीको गढवामा सम्पन्न कार्यसमितिको पुर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
कोभिड १९ का कारण बार्षिक साधारणसभा समयमै सम्पन्न गर्न नसकिएकोले बार्षिक साधारण सभा सहित अधिबेशनको तयारी गरिएको र नयाँ नेतृत्वको चयन समेत गरिने अध्यक्ष आचार्यले जानकारी दिनु भयो । सो अवसरमा सर्बसम्मत नेतृत्व चयनको प्रयास गरिने संघले जनाएको छ । गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका १५ बटा वडाहरु कार्यक्षेत्र रहेको यस संघमा हालसम्म १ हजार एक सय बढी सदस्यहरु रहेको संघका बरिष्ठ उपाध्यक्ष खिमबहादुर बुढा मगरले जानकारी दिनु भएको हो ।
संघको बैठकले बिधान बमोजिम नयाँ सदस्यता दर्ता गर्ने कार्य बन्द गरेको छ भने यहि पुष २६ गतेसम्म पुराना सदस्यहरुलाई नविकरणको म्याद रहेको भन्दैे नविकरण गर्न बाँकी रहेका ब्यवसायिहरुलाई समयसिमा भित्रै नविकरण गर्न समेत संघले आग्रह गरेको छ ।
