मालपोत तुलसीपुरबाट पक्राउ परेका ८ जना छुटे,दुई जना सेवाग्राही पनि पक्राउ

दाङ । तुलसीपुर स्थित मालपोत कार्यालयबाट विचौलियाको नाममा पक्राउ परेका ८ जना ब्यबसायी छुटेका छन् । आईतबार कार्यालयबाट बिचौलिया भन्दै पक्राउ परेका उनीहरुबाट कुनै प्रमाण नभेटिएपछि प्रहरीले सोही दिन साँझ छोडेको हो । प्रहरीले कार्यालयबाट दुई जना सेवाग्राहीलाई समेत विचौलिया भन्दै पक्राउ गरेको थियो । त्यस्तै दुई जना सेवाग्राहीलाई पक्राउ गरेको आधा घण्टामै छोडिएको थियो, […]

सरुमारानी गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को नतिजामा सत्य मावि ददेरी प्रथम

प्यूठान । सरुमारानी गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को शैक्षिकसत्र २०८२ को नतिजामा सामुदायिक विद्यालयको तर्फबाट सत्य माध्यमिक विद्यालय ददेरी प्रथम भएको छ । सरुमारानी गाउँपालिका वडा नम्बर २ ददेरीमा रहेको उक्त विद्यालयबाट शैक्षिकसत्र ०८२ को पालिका स्तरीय कक्षा ८ परीक्षामा ४८ जना विद्यार्थीहरु सहभागी भएका थिए । यहीँ चैत २० गते शुक्रबारका दिन […]

गुल्मीमा ब्रेक फेल भएर बोलेरो पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु ११ जना घाइते

गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–४ मिसुका स्थित भित्री कच्ची सडक खण्डमा बिरबासबाट मिसुका तर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार बोलेरो पिकअप गाडी अचानक ब्रेक फे’ल भई स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किँदा दुर्घटना […]

नयाँ शैक्षिक सत्रअगावै विद्यार्थी भर्ना नगर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको चेतावनी

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रअगावै विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ । संस्थागत विद्यालयहरुले शिक्षा नियमावली २०५९ तथा सर्वोच्च अदालतको यही चैत २० को आदेश उल्लंघन गरेका भन्दै मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत सचेत गराएको हो । देशका विभिन्न जिल्लाका केही संस्थागत विद्यालयहरूले शिक्षा नियमावली, २०५९ (संशोधनसहित)को नियम ८४ (४) र नियम ७८ […]

सरकारद्वारा झण्डै २८ अर्ब ऋण सुविधा स्वीकार गर्ने निर्णय

काठमाडौं । नेपाल सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ । दुई परियोजनाका लागि मन्त्रिपरिषद बैठकले यस्तो सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ । त्यस्तै, […]

कलाकार सागर लम्साल‘बले’लाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले कलाकार सागर लम्साल ‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वराराज पौडेलले बताए । बलात्कार सम्बन्धी कसुरमा जाहेरी नआएपछि प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दामा म्याद लिएर हिरासतमा राखेको […]

देउखुरीमा कारलाई ट्रकले ठक्कर दिँदा दुई जना घाइते

दाङ । देउखुरीमा कारलाई ट्रकले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बर्दियाबाट लमहीतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ च ४४८२ नम्बरको कारलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १ ख ३८७४ नम्बरको ट्रकले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । लमही नगरपालिका -७ वनघुस्री स्थित दुर्घटना भएको हो । त्यस्तै घाइते हुनेहरुमा लमही […]

मालपोत कार्यालय तुलसीपुरबाट लेखापढी व्यवसायी र बिचौलिया पक्राउ

दाङ । मालपोत कार्यालय तुलसीपुरमा सेवाग्राहीलाई अनावश्यक दुःख दिएको र प्रक्रियामा अवरोध पुर्‍याएको आरोपमा प्रहरीले केही बिचौलिया र लेखापढी व्यवसायीहरुलाई पक्राउ गरेको छ । प्रहरीले कार्यालय हाताभित्रैबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । सेवाग्राहीहरुले काम गराउँदा अनावश्यक झन्झट खेप्नुपरेको र बिचौलियाहरुको चलखेल बढेको र लेखापढी व्यवसायीले बढी रकम लिने गरेको जनगुनासो आएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला […]

डिजेल र पेट्रोल गाडीलाई विद्युतीयमा बदल्न कानुनी व्यवस्था मिलाउने सरकारको निर्णय

काठमाडौँ । पेट्रोलियम पदार्थको बढ्दो आयात र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले यस्तो रुपान्तरणका लागि आवश्यक पर्ने कानुनी गाँठो फुकाउन र उचित प्रबन्ध मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय गरेको हो। नेपाल सरकारका प्रवक्ता एवं शिक्षामन्त्री […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]