
mbd
Sds
Mbdvs
Pbu
Rbs
Gisld

Rgu
Rgu
Sbs
Bbbpu
Rgs
Tsm
Ssm
Wsp
Sls
Ksm
Hal
Bbu
Asm
Ggd
Pvg
Gst
Vor
nsb
Rsb

Jmb
Ptm
Rpp
bbt
Rmb
Pls
sab
Mks
Syp
Jmb
Gsb
Abd
Bml
दाङ । तुलसीपुर स्थित मालपोत कार्यालयबाट विचौलियाको नाममा पक्राउ परेका ८ जना ब्यबसायी छुटेका छन् ।
आईतबार कार्यालयबाट बिचौलिया भन्दै पक्राउ परेका उनीहरुबाट कुनै प्रमाण नभेटिएपछि प्रहरीले सोही दिन साँझ छोडेको हो । प्रहरीले कार्यालयबाट दुई जना सेवाग्राहीलाई समेत विचौलिया भन्दै पक्राउ गरेको थियो ।
त्यस्तै दुई जना सेवाग्राहीलाई पक्राउ गरेको आधा घण्टामै छोडिएको थियो, भने परिचय पत्र भएका अन्य भूसेवाका ब्यबसायीहरुलाई अनुसन्धान पछि आईतबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा ब्यबसायी सेवकराम आचार्य, निमकान्त लामिछाने, अरुण चौधरी, रामबहादुर चौधरी, विनिराम बस्नेत, प्रदिप कुमार रेग्मी, प्रमोद अधिकारी र माधव भण्डारी रहेका छन् ।
सरकारले नै अनुमति दिएर आफूहरु भू–ब्यबसायमा लागेको भएपनि प्रहरीले यसरी धरपकट गर्नु गलत भएको अध्यक्ष विनोद न्यौपानेले बताए । आफ्नो अधिकार भित्र रहेर काम गर्दा पनि यसरी सरकारले हस्तक्षेप गर्ने कार्य गलत भएको उनको भनाई रहेकोे छ ।लाइभ दाङ
