
mbd
Gisld
Rbs
Mbdvs
Pbu
Sds

Wsp
Sbs
Pvg
Sls
Ksm
Ssm
Rsb
Rgu
Ggd
Asm
Bbbpu
Gst
Bbu
Vor
Hal
Tsm
Rgu
nsb
Rgs

Abd
Mks
bbt
Rmb
Syp
Ptm
Pls
Jmb
Jmb
Gsb
Rpp
Bml
sab
काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रअगावै विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ ।
संस्थागत विद्यालयहरुले शिक्षा नियमावली २०५९ तथा सर्वोच्च अदालतको यही चैत २० को आदेश उल्लंघन गरेका भन्दै मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत सचेत गराएको हो ।
देशका विभिन्न जिल्लाका केही संस्थागत विद्यालयहरूले शिक्षा नियमावली, २०५९ (संशोधनसहित)को नियम ८४ (४) र नियम ७८ (ग)अन्तर्गतको कानुनी व्यवस्था तथा सम्मानित सर्वोच्च अदालतको मिति २०८२/१२/२० गतेको आदेश उल्लंघन गरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली गर्ने गरेको सप्रमाण तथ्यहरु बाहिरिएका सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यान आकर्षित भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
मन्त्रिपरिषदको आइतबारको बैठकले आगामी वर्षको लागि नयाँ शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने निर्णय गरेको छ । विद्यालय सञ्चालन गरिमामय र जिम्मेवार प्रणाली भएको स्मरण गराउँदै मन्त्रालयले यस्ता गैरकानुनी कार्यहरु अशोभनीय मात्र नभई दण्डनीय रहेकाले विद्यालयहरु स्वयं सजग हुनुपर्ने प्रस्ट पारेको छ ।
त्यस्तै मन्त्रालयले नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गराउन तथा संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ द्वारा निर्धारितबाहेकका शुल्क संकलन नगर्ने व्यवस्था मिलाउन स्थानीय तहहरूलाई समेत आग्रह गरेको छ । तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयलाई शिक्षा ऐन,२०२८ लगायतका अन्य प्रचलित कानुनबमोजिम कारबाही हुन सक्नेतर्फ समेत सचेत गराइन्छ,’ विज्ञप्तिमा उल्लेख रहेको छ ।
