
Gisld
Pbu
Mbdvs
Sds
Rbs
mbd
जनकपुरधाम । मधेश प्रदेशको जिल्लाहरूका विभिन्न कार्यालयबाट ३४ जना बिचौलिया पक्राउ गरिएकाे छ। गृहमन्त्रालयको निर्देशनपछि मालपोत, यातायात व्यवस्था कार्यालय, अदालत, बस पार्क र ट्राइल सेन्टरबाट प्रहरीले ३४ जना बिचौलिया पक्राउ गरेको मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी गोबिन्द थपलियाले जानकारी गराए । उनका अनुसार पक्राउ पर्नेहरूमा सर्लाहीको मालपोत कार्यालयबाट ७ र ट्रायल सेन्टरबाट २ गरी ९ […]
दाङ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–चैत २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परिषदका सदस्य सचिव तिरनदाज गौतमले प्रतियोगिताका लागि खेल मैदान,व्यवस्थापन,आवास तथा अन्य प्राविधिक तयारी सम्पन्न भइसकेको […]
दाङ । घोराही–लमही सडकखण्डलाई धमाधम फराकिलो बनाउन थालिएको छ । मोड र साँघुरो स्थानलाई फराकिलो बनाउन थालिएको हो । साँघुरो सडकका कारण दुर्घटना बढेपछि चालु वर्षमा सक्ने गरि सडक फराकिलो बनाउन थालिएको हो । जोखिमपूर्ण मोडहरु कटान गरेर गाडी सञ्चालन हुँदा दुवैतर्फको सडक देखिने गरि फराकिलो बनाउन थालिएको सडक डिभिजन दाङका प्रमुख दिपेन्द्र विष्टले बताए […]
विराटनगर । बालेन्द्र शाह नेतृत्वको संघीय सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चैत १८ गते सबै सरकारी संघ संस्थालाई एउटा परिपत्र गर्दैै ‘सरकारी सञ्चार माध्यममा मात्र सूचना प्रकाशन–प्रसारण गर्न’ परिपत्र गर्यो । सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवद्र्धन गर्न भन्दै यस्तो […]
कपिलवस्तु । कपिलवस्तुमा एक जनप्रतिनिधिले सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेका छन् । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यका अनुसार सशस्त्र प्रहरीमाथि कुटपिट भएको घटनापछि उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिइएको हो । ‘अन्य विषयमा थप […]
धनगढी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) दार्चुलामा पुल निर्माण गर्ने उद्देश्य सहित आज सुदूरपश्चिम पुगेका छन् । सोमबार बिहान काठमाडौँबाट प्रस्थान गरेका उनी धनगढी विमानस्थल पुगेपछि त्यहाँबाट दार्चुलातर्फ अघि बढेका हुन् । धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले दार्चुलामा निर्माण हुन लागेको पुलका लागि सबैलाई श्रमदानमार्फत […]
कपिलवस्तु । महाराजंज नगरपालिका वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । महारांज नगरपालिका भुटहनियाका -२२ वर्षीय जितेन्द्र यादवको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको हो । सुरक्षाकर्मीको गोली पेटमा लागि घाइते भएका उनको चितवन मेडकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज विहान यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले […]
काठमाडाैं । सीमा सुरक्षा चुस्त बनाउन तथा तस्करी नियन्त्रण गर्न भन्दै सरकारले भारतसँग जोडिएको दक्षिणी सीमामा तीन हजार सुरक्षाकर्मी थप्ने प्रक्रिया अघि बढाएको छ । त्यस्तै गृह मन्त्रालयले तत्कालै तीन हजार फौज सीमामा थप्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । भारतसँग करिब १८ सय किलोमिटर लामो खुला सीमा छ । सीमा सुरक्षाका साथै तस्करी नियन्त्रणलाई ध्यान दिँदै […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ प्रावधान लागू गर्ने घोषणा गरेको छ । मानव संशाधन व्यवस्थापन विभागद्वारा जारी सूचनामा सरकारको निर्णय अनुसार अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ । यो व्यवस्था २०८२ चैत २३ गतेदेखि कार्यान्वयनमा आउनेछ । नयाँ नियमसँगै बैंक […]