
mbd
Mbdvs
Sds
Gisld
Pbu
Rbs

Tsm
Bbbpu
Pvg
Ksm
Rgu
Bbu
Asm
Ssm
Rgs
Gst
Rsb
Hal
Sbs
Ggd
Wsp
Rgu
Sls
Vor
nsb

sab
bbt
Syp
Jmb
Abd
Gsb
Mks
Rpp
Bml
Rmb
Jmb
Ptm
Pls
काठमाडौँ । पेट्रोलियम पदार्थको बढ्दो आयात र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले यस्तो रुपान्तरणका लागि आवश्यक पर्ने कानुनी गाँठो फुकाउन र उचित प्रबन्ध मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय गरेको हो।
नेपाल सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद बैठकले वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले यो निर्णय गरेको बताए । हाल पुराना इन्धनयुक्त सवारी साधनलाई विद्युतीयमा परिवर्तन गर्दा दर्ता, नवीकरण र प्राविधिक मापदण्डका विषयमा स्पष्ट कानुनी व्यवस्था नहुँदा सवारी धनीहरूले समस्या भोग्दै आएका थिए ।
त्यस्तै सरकारको यो निर्णयसँगै अब पुराना गाडीलाई कवाडीमा फाल्नुको साटो कम खर्चमा वातावरणमैत्री बनाउन सकिनेछ । प्रवक्ता पोखरेलले भने,डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय भएको छ । यसले एकातिर इन्धनको परनिर्भरता घटाउनेछ भने अर्कोतिर नेपालको नवीकरणीय ऊर्जा (विद्युत्) को खपत बढाउन मद्दत गर्ने छ।
