
Gisld
Rbs
Mbdvs
Sds
Pbu
mbd

Rgu
Pvg
nsb
Sls
Ksm
Hal
Rsb
Gst
Tsm
Rgu
Bbbpu
Wsp
Sbs
Vor
Asm
Bbu
Rgs
Ggd
Ssm

Pls
Mks
Ptm
Gsb
Bml
Abd
sab
Syp
Jmb
Jmb
Rpp
bbt
Rmb
गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–४ मिसुका स्थित भित्री कच्ची सडक खण्डमा बिरबासबाट मिसुका तर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बोलेरो पिकअप गाडी अचानक ब्रेक फे’ल भई स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गुल्मीदरबार ४ निवासी ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।
त्यस्तै घाइतेहरुलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा पुर्याई उपचार गरिएको थियो । दुर्घटनामा जमुना ढेंगा,सुमित्रा ढेंगा,पार्वती ढेंगा,पम्फा ढेंगा, कुमारी पुन ढेंगा,मिना सनामी लगायत ग’म्भीर घा’इते भएका छन् भने अन्य केहीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
