
Pbu
Mbdvs
Gisld
mbd
Rbs
Sds
कैलाली । घोडाघोडी नगरपालिका–३ निम्दि क्षेत्रमा आगलागी हुँदा एक गोठमा क्षति भएको छ। स्थानीय दान बहादुर चौधरीको गोठमा लागेको आगोले गोठभित्र रहेका विभिन्न सामग्री जलेर नष्ट भएका छन्। त्यस्तै आगलागीबाट गोठसहित आलु, धान काट्ने रिफर, साइकल, त्रिपाल लगायतका सामानहरू जलेर करिब १ लाख ७३ हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । घटनामा कुनै […]
भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् । उनी सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । भैरहवामा शनिबार सम्पन्न महासंघको आठौं प्रदेशसभा तथा अधिवेशनमा श्रेष्ठले कपिलवस्तु चन्द्रौटाका जमसेर अलि मियाँलाई पराजित गरेका हुन् । महासंघको एसोसिएटतर्फ १ सय २ मत खसेकोमा श्रेष्ठले ९६ मत प्राप्त गरेका […]
दाङ । राप्ती साहित्य परिषद दाङ शाखाको १८औँ वार्षिकोत्सवका अवसरमा चार जना स्रष्टा पुरस्कृत भएका छन् । राप्ती साहित्य परिषद दाङ शाखाको शनिवार घोराहीमा भएको १८ औं बार्षिकोत्सव, स्रष्टा सम्मान,स्रष्टा पुरस्कृत तथा काव्य वाचन समारोहमा चार जना स्रष्टा पुरस्कृत भएका हुन् । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा भाषा आयोगका […]
रोल्पा । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ भागरे निवासी अन्दाजी २१ वर्षीय सामिल बिक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उक्त ट्याक्टरमा सवार एक जना सकुशल रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ […]
दाङ । वित्तिय साक्षरता अभिबृद्धि तथा ग्राहक गुनासो सुनुवाई कार्यक्रम शनिबार लमहीमा एक कार्यक्रमको बीच सम्पन्न भएको छ । मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बनगाउँका कार्यालय प्रमुख सन्तोष पोखरेलको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।२०७४ सालमा स्थापना भएको बनगाउँ शाखामा १ हजार २०० जना सदस्यहरु […]
काठमाडौं । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ […]
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरदैलोमै पुगेर सेवा दिन सुरु गरेको छ । पालिकाले यही चैत महिनादेखि हरेक वडामा दुई/दुई जना स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूको स्वास्थ्य परीक्षण घरमै गएर गर्न थालेको हो । सेवाअन्तर्गत स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य परीक्षण, रोग […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ४,गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न […]
काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिएको छ । शुक्रबार काठमाडौँमा सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन/प्रसारण गर्ने परिपत्र जारी गरेको विषयमा सरोकारवालासँग छलफल गर्दै उक्त निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिने निर्णय गरेको हो । छलफलमा सहभागीहरुले सरकारको उक्त […]