राप्तीको ४ नम्बर वडा कार्यालयद्वारा विपन्न दलित विद्यार्थीलाई विद्यालय पोशाक वितरण

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयले वडाभित्रका दलित परिवारका विद्यार्थीलाई विद्यालय पोशाक मंगलबार वितरण गरेको छ । वडाभित्रका दुई सामुदायिक विद्यालयका बालविकासदेखि ५ कक्षा सम्मका ६७ जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो । जनज्योति आधारभूत विद्यालय नयाँगाउँका ४३ र माध्यमिक विद्यालय मौरीघाटका २४ जना दलित विद्यार्थीलाई ५१ हजार रुपैयाँ बराबरको […]

डिवेल बोर्डिङ्ग स्कुल गढवाको १५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

दाङ । गढवा गाउँपालिकाको पचहैया स्थित डिवेल इङलिस बोर्डिङ स्कुलले आफ्नो १५ औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन योगिको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथि तथा एन प्याब्सन लुम्बिनी प्रदेश समितिका सचिव एवम् फेमिली प्याराडाईज ईङ्गलिस बोर्डिङ स्कुल राजपुर -२ मटेरियाका प्रबन्ध […]

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न,अध्यक्षमा पुनःमरासिनी

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकाे अभिभावक भेला आइतबार सम्पन्न भएको छ। जसमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि भिमबहादुर मरासिनी चयन भएका छन् । यस्तै शिअस अध्यक्षमा नारायण प्रसाद शर्मा सर्वसहमत निर्वाचित भएका छन् । विद्यालय ब्यबस्थापन समिती र शिक्षक अबिभाबक संघ गरि १३ […]

गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीको ७ औं खेलकुद सप्ताह कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलको सातौं खेलकुद सप्ताह कार्यक्रम आइतबार सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बुढा मगरको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख अतिथि र उप-प्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले शिक्षा क्षेत्रमा मात्र नभएर स्वास्थ्य र खेल विधामा पनि […]

राप्तीमा बेसाहारा मानव र विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ का दुई विद्यालयका ८३ जना विपन्न विद्यार्थी र वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमका २५ जना बेसाहारा मानवलाई न्यानो कपडा वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाको सहयोग एवम् राप्ती गाउँपालिकाको समन्वयमा उनीहरूलाई उक्त सामाग्री वितरण गरिएको हो । सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँ […]

गुरुकुल एकेडेमी घोराहीद्वारा वन भोज कार्यक्रम, विभिन्न प्रतियोगिता सम्पन्न

दाङ । गुरुकुल एकेडेमी घोराहीको बनभोज कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई रेफ्रेसमेन्ट बनाउने गरी बनभोज कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । घोराही १३ स्थित बाह्रकुने दहमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको भेला गरी आगामि शैक्षिक रणनितिको विषयमा पनि छलफल गरिएको हो । बनभोज कार्यक्रमको अवशरमा […]

शिक्षा विकास तथा समन्वय इकाइ दाङद्वारा देउखुरीमा प्रअसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

दाङ । शिक्षा विकास तथा समन्वय इकाइ दाङको आयोजनामा देउखुरीमा रहेको चार स्थानीय तहमा रहेका प्रअहरुसंग सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।लमही नगरपालिका,राप्ती गाउँपालिका,गढवा र राजपुरको समन्वयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक तथा संस्थागत विद्यालयका माध्यामिक तहका प्रधानाध्यापकहरु एवम् आधारभूत तह ( ६-८ ) संचालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंगको १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको […]

कालिका विद्यालयले हाँसिल गरेका शैक्षिक उपलब्धि एउटा बलियो स्रोतःमुख्यमन्त्री आाचर्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका वडा नम्बर –१० मा रहेको देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस उद्घाटन गरेका छन् । विद्यालयले आइतबार आयोजना गरेको बार्षिकोत्सव तथा अभिभावक दिवस मुल समारोहको मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री आचार्यले कालिका विद्यालयले हाँसिल गरेका शैक्षिक […]

हंशेश्वर आविका अध्यक्ष खानको लगानी,पिङ निर्माणदेखि कम्पाउण्डमा माटो फिलिङ

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको एक सामुदायिक विद्यालयका नवनियुक्त अध्यक्षले २८ दिनमै विद्यालयको मुहार फेरिदिएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ६ भगवानपुरमा रहेको हंशेश्वर आधारभूत विद्यालयका अध्यक्ष सम्सद अलि खानले आफू वि.व्य. स अध्यक्ष भएको २८ दिनको अवधिमा विद्यालयको भाैतिक निर्माणमा परिवर्तन ल्याएका छन् । अध्यक्ष खानले आफ्नै लगानीमा २८ हजार बराबरको पिङ निर्माण […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]