तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बुधबार, पुष १७, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयले वडाभित्रका दलित परिवारका विद्यार्थीलाई विद्यालय पोशाक मंगलबार वितरण गरेको छ ।

वडाभित्रका दुई सामुदायिक विद्यालयका बालविकासदेखि ५ कक्षा सम्मका ६७ जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।

जनज्योति आधारभूत विद्यालय नयाँगाउँका ४३ र माध्यमिक विद्यालय मौरीघाटका २४ जना दलित विद्यार्थीलाई ५१ हजार रुपैयाँ बराबरको पोशाक वितरण गरिएको वडा अध्यक्ष वीर बहादुर चाैधरीले जानकारी दिए ।

प्रत्येक विद्यार्थीलाई विद्यालय पोशाकको रूपमा सर्ट र पाइन्ट वितरण गरिएको छ । वडा अध्यक्ष चौधरीका अनुसार वडाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत पाेशाक वितरण गरिएको हाे । अध्यक्ष चाैधरीले यस पटक दलित विद्यार्थीलाई मात्रै पोशाक वितरण गरिएपनि आगामी वर्षमा जनजाति,विपन्न र अन्य वर्गका विद्यार्थीलाई पनि समेट्ने योजना रहेको बताए ।

त्यस्तै पोशाक वितरण कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद पोख्रेल,बालिका सुनार,वडा सचिव भगवती सुवेदी,मौरीघाट बजार व्यवस्थापन समितिका कोषाध्यक्ष गोविन्द बहादुर केसी, विद्यालयका प्रधानाध्यापक लगायत अन्य शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]