
Dpm
Pbu
Gesld
Sdc
dpm
Snmbs
rgs
Snmbs
Dbc
Amb
Ges
Mbf
snmbs
sjnsplk
pvg


दाङ । देउखुरीकाे राजपुर गाउँपालिकाले ६१ करोड बढीको बजेट बुधबार प्रस्तुत गरेकाे छ । दाेस्राे गाउँसभाकाे नबाैँ अधिवेशनमा पालिकाकी उपाध्यक्ष धनपतीदेवी यादवले ६१ करोड १ लाख ९० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकि हुन् ।
त्यस्तै गाउँसभामा अध्यक्ष शरदकुमार बुढाथोकी आर्थिक बर्ष २०८३/०८४ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नीति तथा कार्यक्रम र बजेटकाे मुख्य-मुख्य अंश:
बजेटको मुख्य नाराः ‘कृषि, पशुपन्छी, वनपैदावार भरपुर, सुखी, समृद्ध र सुन्दर राजपुर’ । बजेटको ६० प्रतिशत चालु र ४० प्रतिशत पुँजीगत खर्च मा विनियोजन । गुणस्तरीय र निःशुल्क शिक्षालाई प्राथमिकता ।
शिक्षक तलब व्यवस्थापनका लागि थप ८० लाख रुपैयाँ विनियोजन । स्वास्थ्य क्षेत्रमा २ करोड २३ लाख रुपैयाँ बजेट व्यवस्था । गर्भवती, सुत्केरी तथा जोखिममा रहेका महिलाका लागि विशेष कार्यक्रम । कृषि तथा पशुपालन क्षेत्रमा करिब २ करोड रुपैयाँ विनियोजन । युवा उद्यमशीलता तथा आयआर्जन वृद्धिका कार्यक्रम सञ्चालन ।
त्यस्तै,भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण अभियान । सबै वडाको विकासका लागि २ करोड १० लाख रुपैयाँ विनियोजन । महिला, दलित, जनजाति, मुस्लिम र अपाङ्गता भएका व्यक्तिका लागि ५७ लाख रुपैयाँ बजेट । सडक, विद्युत र पूर्वाधार विकासका लागि ६ करोड रुपैयाँ विनियोजन ।
जहरे–जंग्रहवा सडक स्तरोन्नति गरिने । खेलकुद विकासका लागि अध्यक्ष तथा उपाध्यक्ष कप प्रतियोगिता सञ्चालन गरिने । भाषा, संस्कृति संरक्षण र सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता । सुशासन, सूचना प्रविधि र संस्थागत विकासका लागि १४ करोड ७० लाख रुपैयाँभन्दा बढी बजेट ल्याएको हो ।
त्यस्तै,पालिकाले शिक्षा, स्वास्थ्य, कृषि,पूर्वाधार र रोजगारीमार्फत समृद्ध राजपुर निर्माण गर्ने लक्ष्य राखेको छ ।

