
Bksbus5
syysr
Ddhbs
Gsl
Ratbs
Rbs
Gsbus
Ssbus
Amb
Csbus
gms
Syees
Pbu
dsbus
Nssbus7
Jsbus

Hal
Bbbpu
Asm
Sls
Ggd
Tsm
Vor
Rsb
Pvg
Gst
Ksm
Rgu
Bbu
Rgs
Ssm
Wsp
Rgu
nsb
Sbs

Rmb
Syp
Jmb
Mks
sab
Ptm
Gsb
Jmb
Abd
bbt
Bml
Pls
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ का दुई विद्यालयका ८३ जना विपन्न विद्यार्थी र वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमका २५ जना बेसाहारा मानवलाई न्यानो कपडा वितरण गरिएको छ ।
क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाको सहयोग एवम् राप्ती गाउँपालिकाको समन्वयमा उनीहरूलाई उक्त सामाग्री वितरण गरिएको हो । सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँ १६ र प्राथमिक विद्यालय थकरीकोटका ६७ जना विद्यार्थीहरूलाई हुड, सुरुवाल जस्ता न्यानो कपडा तथा कापी, पेन्सिल, इरेजर जस्ता शैक्षिक सामग्री वितरण गरिएको संस्थाका विद्यार्थी संयाेजक दिपा चाैधरीले जानकारी दिइन् । संस्थाले निलसागर सेवा आश्रममा रहेका बेसाहारा मानवहरूलाई जाडोबाट जोगिन आवश्यक न्यानो कपडा वितरण गरिएको संयाेजक चाैधरीले जानकारी दिइन् ।
त्यस्तै उक्त कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले न्यानो कपडा र शैक्षिक सामग्री वितरणले विद्यार्थीहरूलाई अध्ययन कार्यमा थप सहजता हुने विश्वास व्यक्त गरे । उनले भने, “विपन्नताका कारण कतिपय विद्यार्थीहरूले न्यानो कपडा अभावमा जाडोमा पढ्न कठिनाई भोगिरहेका थिए । यसले उनीहरूको पढाइमा ध्यान दिन समस्या ल्याएको थियो । अहिलेको यो सहयोगले उनीहरूको शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पार्नेछ।”
त्यस्तै अध्यक्ष विष्टले गाउँपालिकाले विपन्न र पछाडि परेका वर्गका विद्यार्थीलाई शिक्षामा समान अवसर प्रदान गर्न प्राथमिकता दिँदै आएको पनि स्पष्ट पारे । शिक्षा ,स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा संस्थाले गरेको कामकाे उच्च प्रसंसा गर्दै अध्यक्ष विष्टले आगामी दिनमा समेत पालिकाले संस्थासँग निरन्तर साझेदारी गरेर अगाडि बढ्ने बताए ।
सामाग्री वितरण कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक, अभिभावक लगायत संस्थाका कर्मचारीहरुकाे सहभागीता रहेको थियो । वि.सं. २०६४ सालमा दाङको गढवा गाउँपालिकामा संस्थाले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।
त्यस्तै हाल दाङको राप्ती,गढवा र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आइरहेको साे संस्थाले आवश्यकताको आधारमा विद्यालय भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी महिला सशक्तीकरण संयोजक सरिता चौधरीले जानकारी दिइन् ।
