इराधा झाक्री मगर सोमबार, पुष १५, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकाे अभिभावक भेला आइतबार सम्पन्न भएको छ।

जसमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि भिमबहादुर मरासिनी चयन भएका छन् । यस्तै शिअस अध्यक्षमा नारायण प्रसाद शर्मा सर्वसहमत निर्वाचित भएका छन् । विद्यालय ब्यबस्थापन समिती र शिक्षक अबिभाबक संघ गरि १३ सदस्य समिति गठित भएको छ ।

विद्यालयमा ४ सय ८८ विद्यार्थी र २३ शिक्षक शिक्षिका रहेका छ्न । गत सालको नतिजा भन्दा यस वर्षको नतिजा सन्तोषजनक रहेको प्रअ देवकुमार वलीको प्रगति प्रतिबेदनमा उल्लेख छ । वलीका अनुसार प्रशासनिक भवन र हल अभाब रहेको बताए । साथै नारायण प्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उद्घाटन सत्रपछि वि.ब्यस र शिअस गठन भएको छ ।उक्त भेलामा बाेल्दै प्रमुख अथिती राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तर सुधार गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । साथै बिष्टले शिक्षाको साथ साथै संस्कार सिकाउन शैक्षिक गुणस्तर सुधार गर्न लागि शिक्षक,विद्यार्थी,अभिभावक लगायत शिक्षा संबद्ध सम्पूर्ण सराेकारवालाहरु जिम्मेवार हुनु पर्ने बताए । आइतबार भएको अभिभावक बेलामा राजनिती द्ल, अभिभावक,विद्यार्थीहरुको उपस्थित रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम मरासिनीको अध्यक्षतामा सम्म्पन्न भएको कार्यक्रमको सन्चालन दुर्भ मल्लले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]