
Ratbs
Amb
Ssbus
Rbs
Bksbus5
Ddhbs
Syees
Jsbus
syysr
gms
Nssbus7
Gsl
Csbus
dsbus
Gsbus
Pbu

Hal
Bbu
Asm
Bbbpu
Wsp
Rgu
Gst
Tsm
Ssm
Sls
Vor
Rsb
Pvg
nsb
Ggd
Rgs
Rgu
Ksm
Sbs

Abd
Pls
Bml
Ptm
Syp
Jmb
Rpp
Jmb
Gsb
Mks
sab
bbt
Rmb
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका वडा नम्बर –१० मा रहेको देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस उद्घाटन गरेका छन् ।
विद्यालयले आइतबार आयोजना गरेको बार्षिकोत्सव तथा अभिभावक दिवस मुल समारोहको मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री आचार्यले कालिका विद्यालयले हाँसिल गरेका शैक्षिक उपलब्धिहरु प्रदेशका अन्य विद्यालयहरुकालागि बलियो सिकाई केन्द्रको रुपमा लिनुपर्ने बताए ।‘यस विद्यालयले सबै क्षेत्रमा उत्कृष्ठता हाँसिल गरेको छ । यसबाट अन्य विद्यालयहरुले सिक्न जरुरी छ’ विद्यालयको प्रशंसा गर्दै उनले भने,‘विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावि योजनामा प्रदेश सरकारको साथ सहयोग रहन्छ । यो विद्यालयले हाँसिल गरेका उपलब्धीले सिंगो लुम्बिनी प्रदेशको गौरव बढाएको छ ।’ विद्यालयलाई यस उचाईमा ल्याईपुर्याउन भूमिका खेल्ने सबै बधाईको पात्र रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयले यो उचाई सधैं कायम राख्न निरन्तर भूमिका बढाइरहनुपर्ने बताए ।
‘अथक प्रयत्न र पौरखले यो विद्यालयले उत्कृष्ठताको उचाई हाँसिल गरेको छ । यस प्रकारको उचाईले प्रदेशको गौरव बढाएको छ’उनले भने,‘प्रदेश सरकारले तपाईहरुलाई सम्मान गर्न चाहन्छ ।’ बहुआयामीक क्षेत्रमा विद्यालयले हाँसिल गरेका उपलब्धिहरु शैक्षिक विकासकोलागि बलियो स्रोत बन्नेमा मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे ।‘रिजल्टको हिसावले भन्नुस या अतिरिक्त क्रियाकलापको हिसावले भन्नुस यो विद्यालय देशमै नमुना छ । यहाँबाट उत्पादन भएका विद्यार्थीले जस्तो सुकै प्रतिस्पर्धामा पनि सफलता प्राप्त गरेका छन्’उनले भने,‘विद्यार्थी, शिक्षक, अभिभावक एवम् सिंगो समुदायले गरेको मेहनतको प्रतिफल हो ।’
वि.सं. २०१७ सालमा स्थाना भएको विद्यालय देशकै नमुना विद्यालयको रुपमा स्थापित छ । विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको हो । मुल समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले विद्यालयको मुखपत्र २०८१ को विमोचन गरे । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बार्षिक प्रगती विवरण प्रस्तुत गरेकाे कार्यक्रमको सहजीकरण सुदर्शन रेग्मीले गरेका थिए ।
