
Sdc
Ksbus
Lnp
Ggp
Ksbus
Asbus
Rgp
Ggp
Msbus


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १, गुरुङखोला स्थित ज्योति आधारभूत विद्यालयमा बिहीबार आज एक भव्य समारोहका बीच शिक्षक स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका गाउँकार्यपालिकाले भर्खरै सम्पन्न शिक्षक दरबन्दी मिलानको मिति २०८३ जेष्ठ २१ गतेको निर्णय पश्चात विद्यालयमा यो हेरफेर भएको हो । विगत लामो समयदेखि विद्यालयको शैक्षिक उन्नयन र प्रगतिका लागि अहोरात्र खटिएकी ऊर्जाशील शिक्षिका साधना शाहलाई एक औपचारिक कार्यक्रमका बीच बिदाई गरिएको हो ।
सोही अवसरमा नव-आगन्तुक शिक्षक सकलराम चौधरीलाई विद्यालय परिवारको तर्फबाट न्यानो स्वागत समेत गरिएको छ । गुणस्तरीय शिक्षाका लागि आफ्नो महत्वपूर्ण समय अर्पण गरेकी शिक्षिका साधना साहको बिदाईको क्षण अत्यन्तै मर्माहत र भावुक बनेको थियो । लामो समयको आत्मीय सम्बन्ध र सहकार्यलाई स्मरण गर्दै बिदाई हुने क्रममा शिक्षिका साह निकै भावुक देखिएकि थिइन् । उनको अमूल्य योगदान र निष्ठाको उच्च कदर गर्दै विद्यालय प्रशासनको तर्फबाट ‘कदर पत्र’ प्रदान गरिएको थियो भने आदर स्वरूप ‘दोसल्ला’ ओढाएर बिदाई एवं सम्मान गरिएको थियो ।
यसैगरी, सहकर्मी शिक्षक स्टाफहरूको तर्फबाट मायाको चिनो प्रदान गर्दै उनको आगामी शैक्षिक यात्राको सफलताको कामना गरिएको थियो । ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक दिल बहादुर शाहीको उत्कृष्ट सभापतित्व एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर चलाउनेको प्रमुख आतिथ्यतामा उक्त गरिमामय कार्यक्रम सम्पन्न भएको हो ।
उपस्थित सम्पूर्ण अतिथि एवं सहभागीहरूलाई शिक्षिका बालिका न्यौपानेले आत्मीय शब्दहरू सहित ‘स्वागत मन्तव्य’ मार्फत स्वागत गरेकि थिइन् । कार्यक्रममा ठूलो संख्यामा शिक्षाप्रेमी, अभिभावक, उत्सुक विद्यार्थी तथा सहकर्मी शिक्षक-शिक्षिकाहरूको उत्साहजनक उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्ण महानुभावहरूले बिदाई भई जान लागेकि शिक्षिका सहको सुखद एवं उज्ज्वल भविष्यको कामना गर्नुका साथै सरुवा भइ आएका शिक्षक चौधरीलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको थियो । सद्भाव र आत्मीयताले भरिएको उक्त सम्पूर्ण विशेष कार्यक्रमको कुशल सञ्चालन शिक्षक प्रकाश बुढाले गरेका थिए ।

