
Pbu
gms
Gsl
Csbus
Amb
Jsbus
Ratbs
dsbus
Bksbus5
Ddhbs
Rbs
Gsbus
Ssbus
Nssbus7
दाङ । घोराही स्थित दाङभ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालय स्तरीय हाप्किडो च्याम्पियनसिपमा दाङभ्याली कलेज हाप्किडो डोजाङ च्याम्पियन बनेको छ । नेपाल हाप्किडो संघको आयोजना तथा दाङ भ्याली कलेज हाप्किडो डोजाङको सह– आयोजनामा तीनदिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा दाङभ्यालीले उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण,९ रजत र १२ कास्य पदक सहित उपाधि हात पारेको हो । […]
दाङ । गढवा गाउँपालिका स्तरीय निजी विद्यालय समितिको आयोजनामा शुक्रबार देखि गढवामा विभिन्न खेलकुद प्रतियोगिता २०८२ सुरु भएको छ । समितिको अध्यक्ष तथा शुभ तारा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बिकाश रजौरेको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको प्रमुख आतिथ्यमा खेलकुद प्रतियोगिता सुरु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै […]
दाङ । देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको ३१ औं वार्षिकोत्सव बुधबार आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनामणी आचार्यको अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष तथा ग्रेडबुद्ध एकाडेमीका प्रधानाध्यापक निर्मल न्यौपानेको प्रमुख आतिथ्य तथा प्याब्सन लमहीका अध्यक्ष नारायण भुसाल र बुद्ध ज्योति माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक नवराज देवकोटाको विशिष्ट आतिथ्यमा कार्यक्रम […]
दाङ । बबाई गाउँपालिका वडा नम्बर -७,जलजला मलई दाङ स्थित श्री सरस्वती आधारभूत विद्यालयकी रक्षाकुमारी यादव २० वर्षको उमेरमै विद्यालयको नेतृत्व सम्हाल्न सफल भएकी छन्। अत्यन्त कम उमेरमै शिक्षा प्रशासनको जिम्मेवारी वहन गर्दै अगाडि बढेकी रक्षाको यो कदम स्थानीय समुदायका लागि प्रेरणादायी बनेको छ। त्यस्तै उनको लगनशीलता,दृढता र कार्यक्षमताको व्यापक प्रशंसा हुँदै आएको छ । […]
दाङ । अभिभावकले आवश्यक समय,मार्गदर्शन र निगरानी नदिँदा बालबालिकाको सिकाइ र व्यवहारमा कमजोर हुने जोखिम बढ्ने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताएका छन् । राप्ती –२ लालमटियास्थित आदर्श नमूना माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे । विष्टले केवल ‘पढ’ […]
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् । बुधवार मन्त्री पुनले सामाजिक सञ्जालमार्फत पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताएका हुन्। ‘विद्यालय व्यवस्थापन समिति गठन नगरीकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त […]
दाङ । नि:शुल्क शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर अपेक्षित रुपमा सुधार हुन नसकेको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारुले बताएका छन् । दाङको गाउँपालिका–२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै थारूले सरकारले ल्याएको नि:शुल्क शिक्षा नीति राम्रो सोच र दीर्घकालीन लक्ष्यका […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३, खरदरिया स्थित शंकर माध्यमिक विद्यालयमा एक दिने उपभोक्ता स्वास्थ्य र खाद्य छनोट तथा प्रयोग सम्बन्धी जनचेतनामूलक प्रशिक्षण तालिम सोमबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङको आयोजमा आज सम्पन्न भएको तालिममा कक्षा ९ र १० का ६५ जनालाई विद्यार्थी स्तरमा विद्यार्थीहरुलाई उपभोक्ता स्वास्थ्य […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नाका स्तरीय १४ औं खेलकुद महोत्सव २०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । नाका स्तरीय खेलकुद समाजको आयोजना तथा राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा संचालन हुन गइरहेको ३ दिने खेलकुद महोत्सवको सम्पूर्ण तयारी पूरा भएको समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)ले जानकारी दिए ।राजपुर-७,सुनपथरी नाका स्थित युगबोध आधारभूत विद्यालयमा आयोजना […]