
Ddhbs
Csbus
Pbu
Bksbus5
Rbs
Amb
Ratbs
Gsl
Jsbus
dsbus
Gsbus
gms
Nssbus7
Ssbus

Ksm
Ssm
Asm
Rgu
nsb
Bbu
Vor
Pvg
Sbs
Tsm
Ggd
Rgs
Bbbpu
Rsb
Gst
Hal
Wsp
Sls
Rgu

Syp
Gsb
sab
Bml
Jmb
Mks
Pls
Rpp
Jmb
Rmb
bbt
Abd
Ptm
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन तोकिएको न्यूनतम उमेर नपुगेर वञ्चित हुने अवस्था आएका विद्यार्थीहरूको जन्मदर्ता सच्याउनका लागि राष्ट्रिय परीक्षा बोर्डले सबै माध्यमिक विद्यालयहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।
बोर्डले शुक्रबार सूचना जारी गर्दै शिक्षा नियमावली २०५९ को छैटौं संशोधन (मिति २०६७/१०/०९) अनुसार एसईईमा सहभागी हुन चैत्र मसान्तसम्ममा चौध वर्ष पूरा हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरेको छ । कतिपय विद्यार्थीहरुको जन्मदर्तामा उल्लिखित उमेर अवधि नपुग्ने गरी प्रमाणपत्र जारी भएकोले उनीहरु परीक्षाबाट वञ्चित हुने अवस्था आएको थियो।
यस सम्बन्धमा अभिभावक,विद्यालय र स्थानीय तहबाट बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा अनुरोध भएपछि समाधान खोजिएको हो। कानून संशोधनपछि सच्याउन सहज
नेपाल सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा ७२ अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा २५ (१) मा संशोधन गरेको छ । यस व्यवस्था अनुसार,कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनु परेमा सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन् ।
त्यस्तै बोर्डले विद्यालयहरुलाई सम्बन्धित स्थानीय तह र सो अन्तर्गतका स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट माग भएमा कक्षा १ मा विद्यार्थी भर्ना हुँदाको प्रमाणित अभिलेख उपलब्ध गराई जन्मदर्तामा उल्लिखित विवरण संशोधन गर्ने कार्यमा सहजीकरण गर्न अनुरोध गरेको छ । बोर्डको यो निर्णय मिति २०८२/०८/१५ गते अध्यक्षस्तरीय निर्णयबाट भएको हो ।
ईएमआईएस प्रणालीमा पनि विवरण सच्याइने यसैगरी,नाम,थर, जन्ममिति सच्याइएका विद्यार्थीको जन्मदर्तामा उल्लेख भएको विवरण ईएमआईएस (ईएमआईएस) प्रणालीमा पनि सच्याउन सकिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग मिति २०८२/०८/१७ मा भएको संयुक्त बैठकमा कक्षा १ देखि कक्षा ७ सम्मको हकमा विद्यालयबाटै र कक्षा ८ को हकमा सम्बन्धित स्थानीय तहबाट सच्याउन सकिने निर्णय भएको व्यहोरा बोर्डले जानकारी गराएको छ ।
