
Rgp
Sgp
Rgp
Jns
Ggp
Lnp
Usb
ksb
lnp
Rgp
Rgp
Dus
Lks
Ggp
Asb

lms

दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नाका स्तरीय १४ औं खेलकुद महोत्सव २०८२ को सम्पूर्ण तयारी पुरा भएको छ ।
नाका स्तरीय खेलकुद समाजको आयोजना तथा राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा संचालन हुन गइरहेको ३ दिने खेलकुद महोत्सवको सम्पूर्ण तयारी पूरा भएको समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)ले जानकारी दिए ।
राजपुर-७,सुनपथरी नाका स्थित युगबोध आधारभूत विद्यालयमा आयोजना गरिएको खेलकुद महोत्सवमा २२ वटा विद्यालयबाट भाग लिएका छन् । मंगलबार भोलि विधिवत रुपमा खेलकुद महोत्सवको उद्घाटन हुने नाका स्तरीय खेलकुद समाजका प्रेस संयोजक शिवु खनालले जानकारी दिए । खेलकुद महोत्सवमा भलिबल, फुटबल,दौड प्रतियोगिता लगायत विभिन्न खेलहरु खेलाइने छ भने राति साँस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।
त्यस्तै यो महोत्सव हरेक वर्ष नाका क्षेत्रका २२ वटा विद्यालयहरुमा क्रमशःरोटेशनका आधारमा संचालन हुने गरेको छ । यस महोत्सवलाई विगत केही वर्ष यता राजपुर गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको समाजका अध्यक्ष खड्काले बताए । यस्तै यो महोत्सवलाई पर्वको रुपमा लिने गरिएको जनाइएको छ ।
