
Jns
Lnp
Ggp
Ggp
Rgp
Asb
lnp
Rgp
Lks
Rgp
Rgp
Sgp
ksb
Usb
Dus

lms

काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् ।
बुधवार मन्त्री पुनले सामाजिक सञ्जालमार्फत पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताएका हुन्।
‘विद्यालय व्यवस्थापन समिति गठन नगरीकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ,’ उनले लेखेका छन् ।
त्यस्तै विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरुको नाम संकलन भइरहेको उनले बताए ।
