विद्युत सेवा अनियमित हुँदा अनलाइन कक्षा प्रभावित

दाङ । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि दाङमा पनि लकडाउन गरिएको छ । यसबाट बच्न र सुरक्षित रहनका लागि लकडाउन गरिएको हो । जिल्लामा संक्रमणको भयावह स्थिती सिर्जना हुँदा सम्पूर्ण शिक्षण संस्थाहरु पूर्ण रुपमा बन्द छन् । जसका कारण अहिले सबै विद्यालयहरुले विद्यार्थीहरुको शिक्षण सिकाईलाई नियमित बनाउनका लागि अनलाईन कक्षा सञ्चालन गर्दै आएका छन् । […]

अप्टिकल फाइबर सहितको ईन्टरनेट गढवा र राजपुरमा बिस्तार हुने

दाङ । देउखुरीको गढवा र राजपुर गाउँपालिका क्षेत्रमा अब अप्टिकल फाईवर सहितको इन्टरनेट र टेलिफोन सेवा बिस्तार हुने भएको छ । सेवा बिस्तारका लागि नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यलयका प्रमुखसंग आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको छलफलले यस्तो निर्णय गरेको प्रदेशसभा सदस्य इन्द्रजित थारुले बताउनु भयो । त्यस्तै राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालय गढवा […]

नेपाल विद्युत प्राधिरकणले माग्यो सरकारसँग निःशुल्क फ्रिक्वेन्सी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर प्रयोगका लागि सरकारसँग निःशुल्क फ्रिक्वेन्सी माग गरेको छ । ग्राहकको जोडिनेे स्मार्ट मिटरको तथ्यांक प्राधिरकणको डाटा सेन्टरसम्म ल्याउन प्राधिकरणले ३९५देखि ४०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी माग गरेको हो । स्मार्ट मिटरमा राखिएका विद्युतीय चिप्समार्फत सम्बन्धित मिटरेको तथ्यांक प्राधिकरणको डाटा सेन्टरमा ल्याउन प्राधिकरणलाई रेडियो फ्रिक्वेन्सी आवश्य परेको हो । फ्रिक्वेन्सी […]

काठमाडौं-सरकारी वेबसाइट ह्याक गरेर गलत सूचना दिने ३ जना पक्राउ

काठमाडौं । सरकारी वेबसाइट ह्याक गरी गलत सूचना दिने तीन जना पक्राउ परेका छन्। सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का २५ वर्षीय विवेक महर्जन,कास्की जिल्ला पोखरा महानगरपालिकाका १७ वर्षीय एक जना र सोही स्थानका १५ वर्षीय […]

काठमाडौं-शिक्षक लाइसेन्स वितरण असोज १४ देखि

काठमाडौं । शिक्षक सेवा आयोगको लिखीत परिक्षामा उत्तीर्ण उमेद्धारहरुलाई अध्यापन अनुमति प्रमाण पत्र वितरण गरिने भएको छ । शिक्षक सेवा आयोगले असोज १४ गतेबाट सम्बन्धीत प्रदेशका शिक्षा विकास निर्देशनालयबाट अध्यापन अनुमति प्रमाण पत्र वितरण गर्न निर्देशन दिएको छ । अध्यापन अनुमति पत्र वितरण र व्यवस्थापन सम्बन्धि कार्यविधि २०७७ अनुसार आयोगद्धारा प्रकाशित अध्यापन अनुमति पत्रका विज्ञापन […]

काठमाडौं-विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्री पुनको निर्देशन

काठमाडौँ । ऊर्जा,जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनु भएको छ । मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिनु भएको हो । […]

दाङ-शिक्षा सम्बन्ध काम गर्नेलाई दुई दिने क्षमता विकास कार्यशाला राजपुरमा सम्पन्न

आश्विन ६ गते,मंगलबार-दाङ । देउखुरीको राजपुर गाउँपालिकामा स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बन्ध काम गर्ने व्यक्तिहरुका लागि क्षमता विकास दुई दिने कार्यशाला सोमबार सम्पन्न भएको छ ।राजपुर गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्षता र गाउँपालिका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष धनपती देवी यादवको विशेष […]

बुटवल,प्रदेश ५ का ६ अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने

आश्विन-२ गते,शुक्रबार-बुटवल । प्रदेश ५ सरकारले प्रदेशका ६ वटा जिल्ला अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाउने निर्णय गरेको छ ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । बैठकले भीम अस्पताल र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुम पूर्व, रोल्पा, अर्घाखाँची र […]

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]