
Gmk
Rbs
Gisld
Mbdvs
Sds
mbd
Ksm
Anm
Pbu

Ggd
Sbs
Rgs
Rgu
Ksm
Rsb
Rgu
Wsp
Bbu
Ssm
Gst
Hal
Pvg
Tsm
Bbbpu
Asm
Sls
Vor
nsb

Pls
Rpp
Ptm
sab
Bml
Abd
Jmb
Mks
Rmb
Syp
Gsb
Jmb
bbt
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै आफ्नो पुनर्बहालीका लागि सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।
रिट निवेदनमा प्राधिकरणको निर्देशक पदमा हालै मात्र नियुक्त गरिएका कुलमान घिसिङलाई काम गर्न नदिन माग पनि गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले शाक्यलाई २०७७ साल माघ २९ गते नियुक्ति गर्दा ४ वर्षको कार्यकालका लागि भनी उल्लेख गरिएको थियो ।
दायर भएको रिट निवेदनमा कार्यकारी निर्देशकको पद राजनीतिक नियुक्तिको पद नभएको र यसको बर्खास्ती पनि राजनीतिक निर्णयबाट हुन नसक्ने दाबी गरिएको छ । निवेदनमा ऊर्जा मन्त्रीले गत साउन २ गते आफूलाई बोलाएर सो पदमा घिसिङलाई ल्याउन लागिएको भन्दै राजीनामा दिनका लागि भन्नुभएको उल्लेख छ । साथै मन्त्रीले राजीनामा दिएमा आफूलाई अन्य आकर्षक पदमा नियुक्ति दिने प्रलोभन दिनुभएको पनि रिट निवेदनमा उल्लेख गरिएको छ । साभार नेपाल समाचारपत्रबाट
