शिबराज पन्थी/गढवा मंगलबार, आषाढ २२, २०७८

दाङ । देउखुरीको गढवा गाउँपालिकाले जग्गा नाप्नका लागि जिपिएस बेस प्वाइण्टको उद्घाटन गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवले मंगलवार गाउँपालिकाको तेश्रो तल्लाको छतमा जिपिएस कण्ट्रोल प्वाइण्टको स्विच थिचेर उद्घाटन गर्नुभएको हो ।

भूमीहिन सुकुम्बासी,भूमिहिन दलीत र अब्यवस्थित बसोवासीहरुको लगत संकलन गरि उनिहरुलाई जग्गा प्रदान गर्ने प्रयोजनका लागि पालिकाका झण्डै १ सयबढी स्थानहरुमा डिजिपिएस कण्ट्रोल प्वाइण्ट राखिने र ति प्वाइण्टलाई मुख्य आधार मानी जग्गाको नाप लगत लिइने गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनु भयो । चारैतिर जमिन देखिने अग्लो भू–भागमा प्वाइण्टहरु राखी पिलर गाडिन्छ,त्यहि प्वाइण्टबाट डिजिटल मसिनले प्रिज्माका आधारमा जग्गा नापिन्छ । यो प्रबिधिबाट जग्गा नाप गर्दा फिल्डमा फिता बोकेर जानु पर्दैन र फिल्डको जोखिम पनि कम हुन्छ–गाउँपालिकाका अमिन नारायण सुवेदीले भन्नुभयो । यो प्रबिधि निकै भरपर्दे हुन्छ । डिजिटल मसिनले ईएमएम मिलि मीटर समेत एकयोरेसी निस्किन्छ ।

बिगत २०२७ सालको नापीको जस्तै पालिकाभरका आठवटै वडाका झण्डै एकसय बढी मुख्य–मुख्य प्वाईण्टमा पिलर गाडीन्छ । त्यसैलाई आधार प्वाइण्ट मानेर त्यहाँबाट मसिनले देखिने एरियाभरका जग्गाहरु सबै नाप नक्सा तयार गरिन्छ । यसरी नापिएको रेकर्ड अभिलेख कम्प्युटरमा राखिन्छ । यो प्रबिधिबाट झण्डै १०० प्रतिशत सुद्धताका हिसाबले जग्गा नापिने डिजिटल प्रबिधि भएको गाउँपालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]