Sidha Patra सोमबार, मंसिर १५, २०८२

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, देउपुर स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा १० दिने कृत्रिम बौद्धिकता तथा कम्प्युटरको कोडिंग आधारभूत सम्बन्धि तालिमको उद्घाटन गरिएको छ ।

विद्यालयको शैक्षिक क्यालेण्डर २०८२ सालको स्पिरीट अनुरुप कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुको लागि मङ्सिर १४ गतेदेखि -२५ गतेसम्म सञ्चालन हुने तालिमको एक कार्यक्रमका बीच बिधिवत रुपमा आइतबार उद्घाटन गरिएको हो ।

विद्यालयका परीक्षा समितिका संयोजक राम औतार चौधरीको अध्यक्षता तथा सो विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक भु-माण्डप केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि केसीले समयको माग बमोजिम देउखुरी पब्लिक स्कुलले निरन्तर रुपमा विद्यार्थीहरुलाई सीपमूलक तालिम प्रदान गर्दै आइरहेको बताए ।त्यस्तै प्रधानाध्यापक केसीले स्कुलले पढाइ, खेलकुद,नृत्य लगायत बिबिध पक्षमा उत्कृष्ट नतिजा ल्याइरहेको र अहिले सबैको पहिलो रोजाइको स्कुल बन्दै गएको कुरा बताए । उक्त विद्यालयकी मावि शिक्षिका तुलसी खत्रीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण स्कुलका अतिरिक्त क्रियाकलाप समितिका प्रमुख कुबीर गिरीले गरेका थिए । तालिमको मूख्य प्रशिक्षकको रुपमा टिकाराम आचार्य रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]