
Sdc
Msbus
Ksbus
Ggp
Asbus
Lnp
Rgp
Ksbus
Ggp


दाङ । सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १७ औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
रेडियोका अध्यक्ष मधुसुदन बैद्यको अध्यक्षता एवं रेडियोका संस्थापक अध्यक्ष बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा रेडियोले बाह्रकुुनेमा साधारणसभा सम्पन्न गरेको हो । सभामा सचिब शारदा शर्माले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष लिलाधर शर्मा पन्थीले बार्षिक आयव्ययका बारेमा जानकारी गराउनुुभएको थियो । प्रगति प्रतिबेदन पेश गर्दै सचिब शर्माले एक बर्षको अबधीमा रेडियोको क्षमता बृद्धीका लागि आबस्यक उपकरण जडान, उपकरणहरुको बिमा, कोरोनाको दोस्रो लहरका बेला आबसीयरुपमा रेडियो सञ्चालन गरि नागरिकको सूचना पाउने अधिकार स्थापित गर्दै र व्यवस्थापकिय पक्षलाई थप मजबुद बनाईएको उल्लेख गर्नुभयो ।
त्यस्तै कोषाध्यक्ष पन्थीले कोरोना महामारीका विचमा सबै क्षेत्रको सहयोगमा रेडियोलाई जनताको सूचना पाउने अधिकार सँग जोडेर सञ्चालन गर्न सकिएको उल्लेख गर्नुभयो । बन्द सत्रले सचिब र कोषाध्यक्षको प्रतिबेदन माथी छलफल गर्दै रेडियोलाई थप प्रभावकारी बनाउने प्रस्ताबलाई समेत पारित गरेको छ । कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ पत्रकार शर्माले प्रशारण सामाग्रिमा सञ्चार गृहको विश्वस्नीयता भर पर्ने बताउनुुभयो ।
सत्य र तथ्य सामाग्रीको खोजी गरि स्रोतको माझमा लैजान सुुझाब दिनुुभयो । समाज रुपन्तारणको जिम्मेवारी सञ्चार क्षेत्रको समेत भएको उल्लेख गर्दै उहाँले आवाज बिहिनको आवाजलाई सदैब मुुख्य बिषय बनाउनुपर्नेमा जोड दिनुुभयो । रेडियोका सल्लाहकार माधबप्रसाद शर्मा, टिकाराम रेग्मी, ध्रुुबकुुमार श्रेष्ठ, रेडियोका पूर्व उपाध्यक्ष ऋषिराज जंगली, प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी, पत्रकार महिला मञ्चकी अध्यक्ष लक्ष्मी आचार्य र रेडियोका कार्यक्रम प्रस्तोता दधिराम खनालले रेडियोको प्रभावकारीताका विषयमा चर्चा गर्नुभयो ।
त्यसैगरी उहाँहरुले गलत कार्यको खबरदारी र विकास तथा रुपान्तरणमा साझेदारीका साथ रेडियोले आफ्नो भूूमिकालाई अघि बढाउनुुपर्नेमा जोड दिनुुभयो । उपाध्यक्ष सुुदर्शन रिजालको स्वागत मन्तव्यबाट सुुरुभएको कार्यक्रमको सहजिकरण सचिब शारदा शर्माले गर्नुभएको थियो ।
