
Ssbus
Gsl
Sssbus1
Ssbus
Bs1
nsm
Ssbus
Pbu
tssbus
Sssbus1
ssbus

Asm
Vor
Sbs
Gst
Hal
Rgs
Bbbpu
Rsb
Rgu
Ssm
Wsp
Tsm
Pvg
Ggd
nsb
Ksm
Sls
Rgu
Bbu

Pls
Syp
Mks
Rmb
sab
bbt
Gsb
Abd
Rpp
Ptm
Bml
Jmb
Jmb
आठ एप्स, जसले महिलाको गर्भधान र प्रजनन अवस्था सूचित गर्छ
महिला स्वास्थ्य खासगरी यौन र प्रजननका कुरा निकै संवेदनशिल हुन्छन् । साथसाथै, कतिपय अवस्थामा यो गोपनिय पनि हुन्छ । अतःमहिलाले यसबारे खुलेर प्रश्न वा सोधीखोजी गर्ने अनुकुलता हुँदैन ।
तर, अब यो कुनै टाउको दुखाईको विषय रहेन । किनभने यस्ता एपहरु प्रचलनमा आइसकेका छन्, जसले महिलाको मासिक स्रावको चक्र, गर्भधारणका लागि उपयुक्त समयको सूचनादेखि अरु प्रजनन स्वास्थ्यबारे जानकारी दिन्छ ।
फर्टिलिटी फ्रेन्ड
महिलाको मासिक चक्रको आधारमा कुन अवधिमा गर्भधारण हुन्छ भन्ने तय गरिन्छ । जब गर्भाशयमा एक परिपक्क अण्ड तयार हुन्छ, त्यही बेला पुरुषको विर्यसँग निशेषचन भएर गर्भधारण हुन्छ ।
फर्टिलिटी फ्रेन्डले महिलाको गर्भाशयको अवलोकन गरेर गर्भधारणको सही दिनलाई सूचित गर्न सक्छ । यसले विशेषत प्रजनन चार्ट र ओभ्युलेसन क्यालेन्डर बनाउँछ, जसको संकेतको आधारमा गर्भधारणको सही समय पहिचान गर्न सकिन्छ ।
यो एप एक उन्नत ओभ्युलेसन क्यालकुलेटर, मासिक धर्म क्यालेन्डर, प्रजनन चार्ट र पीरियड ट्रयाकर हो ।
ग्लो साइकल एन्ड फर्टिलिटी ट्रयाकर
यो एपलाई मासिक स्रावको सूचकको रुपमा लिन सकिन्छ । खासगरी गर्भधारणका लागि सही समय पहिचान गर्नका लागि यो एप उपयोगी हुनसक्छ । यसले महिलाको प्रजनन स्वास्थ्यमाथि पनि निगरानी राख्न सक्छ ।
खासगरी दम्पतीका लागि यो एप एकदमै उपयोगी सावित हुनसक्छ, किनभने यो अण्डाशयको अवस्थाको दुरुस्त विश्लेषण गर्नमा सक्षम छ । महिला मात्र होइन, पुरुषले पनि यस एपको प्रयोग गरेर आफ्नो स्वास्थ्य स्थितीबारे जानकारी लिन सक्छन् ।
किन्डरा
यस एपको प्रयोग विश्वभरका करिब १२ लाख महिलाले गरिरहेको तथ्यांक छ । गर्भधारणका लागि सहि समय पहिचान गर्नका लागि यो एप निकै उपयोगी छ । महिलाको गर्भाशयबाट निस्कने तरल पदार्थको आधारमा यसले गर्भधारणका लागि सही समय सूचित गर्छ ।
क्लु
यो एपको माध्यामबाट महिलाले सजिलै आफ्नो मासिक स्रावको चक्र लगायत यौन क्रिया, मुड स्विङलाई ट्र्याक गर्न सक्छन् । यस एपमा एउटा विशेषता के छ भने, यसले प्रजनन चक्रको पूर्वावलोकन गर्छ । र, प्रत्येक महिनाको कुन दिन गर्भधारणको लागि उपयुक्त्त हुन्छ भनेर थाँहा पाउन सकिन्छ ।
ओभिया फर्टिलिटी
यो एप मूख्यत आइफोनमा प्रयोग गर्न सकिन्छ । यस एपमा केही संकेत हुन्छ, जसले महिलाको प्रजनन क्षमताको अनुमान लगाउन सक्छ । त्यति मात्र होइन यसले महिनावारी, अण्डा निस्कने समय, पाठेघरको अबस्था, प्रजनन क्षमतालाई असर गर्न सक्ने अन्य प्रमुख कारकहरु पनि ट्रयाक गर्छ ।
गर्भधारणका लागि सही समय पहिचान गर्न सहयोग गर्छन् । यदि गर्भधारणको समस्या भएमा पनि यसले अनुमान गर्न मद्दत गर्छ । यो एपमा दर्जनौं गर्भधारणसँग सम्बन्धित जानकारीमुलक आलेख, अनुसन्धानका महत्वपुर्ण तथांङ्क, तथ्यहरु छन् जसले गर्भावस्थाको समयमा मद्दत गर्छ ।
फ्लो एप
यो एपले महिनावारीको सुरुवाती चरण र अन्तिम मितिको रेकर्ड राख्छ । साथै, महिनावारी सुरु हुनुअघिको प्रिमेन्चुरेसन सिन्ड्रोमको बारे पनि सजग गराउँछ । यसले गर्भधारणको उपयुत्त समय अनुमान गर्न्ुको साथै दैनिक हिँडने पाइलाको गन्ती, निन्द्राको अवस्था र पानीको मात्राबारे पनि देखाउँछ ।
गर्भधारण पछि पनि सो एपले गर्भमा हुर्कदै गएको बच्चाको अवस्थाबारे जनाउ दिन सक्छन् । यसले शरीरमा के भैरहेको छ भन्नेबारे महिनाभरको रिपोर्ट दिन्छ ।
द मोर्डन फर्टीलिटी
यो एप अन्यभन्दा फरक छ । महिनाको एकपटक रगतको नमुना लिएपछि यो एपले गर्भधारण गर्ने र गर्भवस्थाको परीक्षणको सहि समय बताउन सक्छ । यसले पनि अन्य एप जस्तै महिनावारीको मिति पत्ता लगाउन सक्छ ।
ओभुसेन्स
ओभुसेन्स एक उन्नत प्रजनन ट्रयाकर हो । यो चिकित्सकीय रूपमा ९९ प्रतिशत सही सावित भएको छ । यो एपले वास्तविक समयमा ओभ्युलेसनको अनुमान गर्न सक्छ ।
