शन्तोषकुमार गुप्ता/भालुबाङ बुधबार, फाल्गुण ११, २०७८

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि तयार पारिएको मास्टर प्लानको बिषयमा सरोकारवालाहरु संग बुधवार देउखुरीको राप्ती गाउँपालिका—३, मसुरियाको सभाहलमा प्रारम्भविक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेको मास्टर प्लानको स्थायी राजधानीबासी केन्द्रित प्रारम्भविक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

प्राधिकरणले तयार पारेको प्रारम्भविक मास्टर प्लानमा थप गर्नुपर्ने र हटाउनु पर्ने विषयमा आवश्यक सल्लाहसुझाब लिन राजधानी क्षेत्रका जनप्रतिनिधि, स्थानीय राजनितिकदल, सरोकारवाला निकाय संग अन्तरक्रिया गरिएको प्राधिकरणले जनाएको छ ।अन्तरक्रियाबाट आएका सल्लाह सुझाबलाई समेटर फाइनल मास्टर प्लान तयार गरी प्रदेश सरकारमा स्वीकृत गराउने काम प्राधिकरणको रहेको छ । सोही अनुरुप प्राधिकरणले विभिन्न किसिमबाट छलफल तथा अन्तरक्रिया शुरु गरेको छ । स्थानीयस्तरबाट उक्त मास्टर प्लान अनुमोदन भएपछि मात्र राजधानीका लागि भौतिक संरचना तयार हुने प्राधिकरणले जनाएको छ ।

आज भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुबाट एकदमै सकरात्मक प्रतिक्रिया सहित भुमिहिन, सुकुमबासीको हकमा भने बासोबासको ज्ञारेण्टी हुनुपर्ने सुझाब आएको प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरे र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।

प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा स्थायी राजधानी रहेको क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय राजनितिकदल र संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]