
Pbu
Anm
Gisld
Sds
Rbs
mbd
Ksm
Gmk
Mbdvs

Pvg
Rgu
Sbs
Ksm
Gst
Wsp
Asm
Hal
Bbbpu
Tsm
Rsb
Bbu
Rgu
Vor
Sls
Rgs
Ggd
Ssm
nsb

Rpp
Jmb
Jmb
Pls
Ptm
Bml
Rmb
sab
bbt
Syp
Mks
Gsb
Abd
काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले मंगलबार आइफोन १६ लन्च गरेको छ ।
यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो । यस कार्यक्रमलाई ‘इट्स ग्लोटाइम’ नाम दिइएको थियो।
एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स –४, एयरपड्स म्याक्स, आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन –१६ प्रो म्याक्स कार्यक्रममा लन्च गरिएको हो । आइफोन- १६ को ७९९ डलर मुल्य तोकिएको छ भने आइफोन- १६ प्लसको ८९९ डलर रहेको छ ।
त्यस्तै आइफोन- १६ प्रो को ९९९ डलर र आइफोन प्रो म्याक्सको ११९९ डलर रहेको छ । यसपटक नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् । यद्यपि, एप्पल इन्टेलिजेन्स केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ।
आईफोन–१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आईफोन–१६ प्लसको स्क्रिन साइज ६.७ इन्च छ । आईफोन-१६ प्रोको स्क्रिन साइज ६.३ इन्च र प्रो म्याक्सको साइज ६.९ इन्च छ आइफोन १६ प्रो म्याक्स अहिलेसम्मकै ठूलो डिस्प्ले भएको आइफोन हुनेछ । आइफोनमा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुबिधा अनुसार संचालन गर्न सकिने छ ।
त्यस्तै आईफोन १६ मा ए१८ बायोनिक चिपसेट प्रदान गरिएको छ । आईफोन १६ मा दुईवटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ । यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । क्यामेराले डल्बी भिजनको साथ ४ के ६० भिडियो रेकर्ड गर्न सक्छ ।
