
gms
Jsbus
Gsbus
Csbus
Ddhbs
Amb
Pbu
Nssbus7
Ratbs
Ssbus
Rbs
Bksbus5
dsbus
Gsl

Bbu
Rsb
Sls
Ksm
Wsp
Tsm
Hal
Gst
Sbs
Rgs
Rgu
Ssm
Asm
Ggd
Rgu
nsb
Bbbpu
Vor
Pvg

Jmb
Gsb
sab
Ptm
Syp
bbt
Pls
Mks
Abd
Bml
Rpp
Jmb
Rmb
दाङ । यहीँ पौष २७ गतेदेखी सँचालन हुन थालेको प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश क्रिकेट सँघले छनौट प्रतियोगिताको आयोजना गर्यो । प्रतियोगिताको उद्वेश्य हो उत्कृष्ट खेलाडी हरुबाट लुम्बिनी प्रदेश क्रिकेट टिम खडा गर्नु ।पुस १२ देखि २२ गतेसम्म सञ्चालित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको छनौटबाटै टिम बनाईने लुम्बिनी प्रदेश क्रिकेट सँघका सचिब कैलाश रोका मगरले बताए ।
त्यस्तै ‘कुन जिल्लाबाट कति खेलाडी पर्छन त्यो भन्न सक्ने अबस्था छैन सचिब रोकाले भने-सबै खेलाडीको रेकर्ड छ, यसलाई मुल्याङ्कन गरि टिम बनाउछौ, मजबुत टिम बनाउने योजना छ ।’
छनौट प्रतियोगिता सकिए सँगै लुम्बिनी प्रदेश टिममा दाङका खेलाडी कति पर्छन होला! भन्ने कुराले जिज्ञासा बढाएको छ । समूह बि मा रहेर दाङले ३ खेलमा प्रतिष्प्रधा गर्यो । बर्दियालाई दुई खेलमा जित्न सफल भयो भने बाँके सँग एउटा खेलमा हार ब्यहोर्न पर्यो । बाँके सँग हार ब्यहोरेको खेलपनि प्रतिष्प्रधाकै खेल थियो । दाङको नाममा लज्जास्पद हार भने छैन ।
खेल प्रदर्शन अनुसार दाङका खेलाडीहरुलाई नजिकबाट नियाल्ने हो भने ३ देखि ४ जना सम्म प्रदेश टिममा पर्नसक्ने सम्भाबना रहेको छ । दाङ्गको टिममा रहेका बिराट सिँह भण्डारीको प्रतियोगिता भरि नै उत्कृष्ट खेल रह्यो । बर्दिया सँगको पहिलो खेलमा बिराटले देखाएको जवरजस्त ब्याटिङनै उनी प्रदेश टिममा पर्ने सम्भावना बढेको हो । भारतका बिराट कोहली जस्तै दाङका लागि बिराट सिँह भण्डारी बिश्वासिलो खेलाडीका नाममा परिचित छन । बर्दियासँगको पहिलो खेलमा बिराटले २ विकेट लिँदै दाङलाई जित दिलाउन ७३ रनको नटआउट पारी खेलेका थिए । दाङका ओपनर ब्याट्सम्यान समेत रहेका बिराटले ८० बलमा अर्धशतक बनाउँदै खेलअबधीभर १ सय ३३ बलमा ७३ रनको योगदान दिई दाङलाई जिताएर पेभिलिएन फर्किएका थिए । सोहीखेलमा बिराट म्यान अफ दि म्याच घोषित भए । बर्दिया सँगकै त्यस्रो खेलमा बिराटले १ विकेट लिँदै दाङलाई जिताउन ३२ रनको योगदान दिए ।
अर्का सम्भावनाका खेलाडी हुन कप्तान शुसान्त सिँह थापा । जिल्लाका खेलाडी मध्य सहनशिलता सँगै खेल प्रदर्शन गर्ने उनिमा खुबी छ । नेतृत्वदायी भुमिकामा रहेर खेलाडीहरुलाई हौसाउँदै खेलमा जित निकाल्न खप्पिस छन कप्तान शुसान्त । छनौट प्रतियोगितामा खासै राम्रो प्रदर्शन नभएपनि उनको खुबीले उनी प्रदेश टिममा पर्नेसक्ने सम्भावना बलियो छ । बर्दिया सँगको त्यस्रो खेलमा कप्तान थापाले ५५ बलको सामना गर्दै ८ चौका प्रहार गरि ४८ रनको नटआउट पारी खेले । बाँके सँगको खेलमा पनि उनले १४ रन बनाएका थिए ।
दाङका स्ट्राईकर बलर वीर बहादुर घर्ती मगर पनि टिममा पर्ने सम्भावना बलियो छ । फास्ट बलरका रुपमा परिचित बिरबहादुर अलराउण्ड खेलाडी हुन । प्रतियोगिताभरी उनको प्रदर्शन आहा भन्न लायक रह्यो । बर्दिया सँगको पहिलो खेलमा उनले ७.१ ओभरमा जम्मा २२ रन खर्चेर १ मेडन राखी ३ विकेट लिएका थिए । जसको मद्दतले दाङ बिजयी पनि बनेको थियो । बाँकेसँगको दोस्रो खेलमा पनि बिरबहादुरले ६ ओभरमा जम्मा २२ रन खर्चेर १ मेडन राखी २ विकेट लिएका थिए । बर्दिया सँगको त्यस्रो खेलमा बिरबहादुरले झनै तहल्कै मच्याए । उनले ९ ओभरमा २ मेडन राखी जम्मा २३ रन खर्चेर ४ विकेट गिराउन सफल भए । जसले गर्दा बर्दियालाई बज्रापात पर्यो अनि हार ब्यहोर्न पर्यो । जुन खेलमा बिरबहादुर म्यान अफ दि म्याच घोषित पनि भए । खेल अबधीभर प्रतिष्प्रधी खेलाडीहरुलाई बिरबहादुरले दवाबमा राखिरहे । प्रतिष्प्रधी खेलाडीहरुलाई बिरबहादुरको बलिङ कतिबेला सकिने भन्ने चिन्ता हुन्थ्यो ।
त्यस्तै अर्का खेलाडी हुन मोहन खत्री । उनी आफ्नो टिममा अलराउण्ड खेलाडीका रुपमा परिचित छन । खासगरी बलरमा छवि बनाएका मोहन ब्याटिङमा पनि उत्तिकै खपिस छन । उनले बर्दिया सँगको पहिलो खेलमा १ विकेट लिएर ब्याटिङमा ११ रनको योगदान दिएका थिए । बाँकेसँगको दोस्रो खेलमा मोहनले सर्बाधिक रनको योगदान दिए । उनले ५६ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा ४६ रन बनाएका थिए । बर्दिया सँगको त्यस्रो खेलमापनि मोहनले १ विकेट लिएका थिए ।
यिनै आधार र आफ्नो लगनशिलताले पनि दाङबाट यी ४ खेलाडी प्रदेश टिममा पर्नसक्ने आँकलन गरिएको छ ।
