
Gsbus
Amb
Rbs
Gsl
gms
Bksbus5
Jsbus
dsbus
Nssbus7
Ddhbs
Ratbs
Pbu
Ssbus
Csbus

Rgs
Rsb
Rgu
nsb
Rgu
Wsp
Bbu
Pvg
Gst
Ggd
Asm
Sbs
Tsm
Sls
Ksm
Bbbpu
Hal
Ssm
Vor

Abd
Jmb
Mks
Rmb
Pls
Syp
Bml
Rpp
Jmb
sab
Ptm
bbt
Gsb
दाङ । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय एक दिवसिय क्रिकेट छनोट प्रतियोगिताको त्यस्रो खेलमा बाँके बिजयी भएको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा भएको खेलमा दाङ, बाँकेसँग ३ विकेटले पराजित हुन पुग्यो । यो जित सँगै बाँकेले फाईनलको यात्रा तय गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको दाङले ३९ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर १ सय ४४ रन बनायो । दाङका लागि सर्वाधिक मोहन खत्री र आशिष वलिले समान ४६-४६ रन बनाए । खत्रि र वलीले पाचौं विकेटको लागि ७६ रनको साझेदारी गरेपनि जितका लागि स्कोर तयार गर्न भने सकेनन् । मोहनले ५६ बलमा २ चौका र एक छक्काको मद्दतमा ४६ रन बनाए भने आशिषले ७९ बलमा २ चौकाको मद्दतमा ४६ रन बनाए ।
त्यस्तै कप्तान सुशान्त सिङ थापाले १४ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । दाङलाई सस्तैमा समेट्न बाँकेका विजय चौधरी, लभकुश यादव र धन बहादुर छेत्रीले समान २-२ विकेट लिए । जवाफी १ सय ४५ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको बाँकेले ३५.४ ओभरमा आफ्नो महत्त्वपूर्ण ७ विकेट गुमाएर भेट्टायो । बाँकेलाई जित दिलाउन सुनिल भण्डारीले सर्वाधिक ३८ रनको पारी खेले । त्यस्तै मोहम्मद सादाब अन्सारीले १७ रन, सिद्धान्त राज शाहीले १४ रन , राहुल शर्माले ११ रन बनाए । त्यस्तै विजय चौधरीले नटआउट १० रन र लभकुश यादवले २१ रन नटआउट हुँदै टिमलाई जित दिलाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दाङका सुजल वलिले ८ ओभरमा २९ रन खर्चेर ४ विकेट लिएपनि टिमलाई जित दिलाउन सकेनन् । त्यस्तै विर बहादुर घर्ती मगरले ६ ओभरमा १ मेडन राखी २२ रन खर्चेर २ विकेट लिए । प्रतियोगितामा बाँकेका लभकुश यादब म्यान अफ दि म्याच घोषित भए । प्रधानमन्त्री कपका लागि छनौट प्रतियोगिताको आयोजना गरिएको हो । पौष १२ देखि २२ गते सम्म सँचालन भएको छनौट प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ जिल्लाले सहभागी जनाएका थिए ।
सहभागी टिमहरुलाई दुई भागमा बिभाजन गरिएको थियो । समूह ए मा रुपन्देही, पाल्पा, नवलपरासी र कपिलबस्तु थिए भने समूह बि मा दाङ, बाँके र बर्दिया रहेका छन । यो भन्दा अघि समूह ए बाट नवलपरासी फाईनल प्रबेश गरेको छ भने समूह बि बाट दाङलाई हराउँदै बाँके फाईनल प्रबेश गरेको हो । बाँके र नवलपरासी बिचको फाईनल प्रतिस्प्रधा आईतबार भैरहवामा हुनेछ ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी हरुको छनौट गरि लुम्बिनि प्रदेश क्रिकेट टिम खडा गरिनेछ र सो टिम आगामी २७ गतेदेखी हुने प्रधानमन्त्री कपमा सहभागी हुनेछ ।
