
Ratbs
Bksbus5
Gsl
Rbs
Amb
Csbus
Ddhbs
Nssbus7
Jsbus
Gsbus
gms
dsbus
Ssbus
Pbu

Bbbpu
Tsm
Ggd
Asm
Ksm
Gst
Rsb
Bbu
Ssm
Rgs
Hal
Sls
Sbs
Pvg
nsb
Wsp
Rgu
Rgu
Vor

Ptm
Mks
sab
Bml
Jmb
Syp
Gsb
Pls
Abd
bbt
Rmb
Rpp
Jmb
लक्ष्मण बस्नेत/दाङ । तुलसीपुर उपमहानगरपालिका अन्तर विद्यालय स्तरिय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० आजदेखि सुरु भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको समन्वय तथा गुरु जजुर मावि रक्षाचौरको आयोजनामा संचालित प्रतियोगिताको एक भव्य समारोहका विच तुलसिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले उद्घाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन गदै नगरप्रमुख खड्काले मानव स्वास्थ्यको अभिन्न अंग खेलकुद राष्ट्रको पहिचान भएको बताउनु भएको छ । राष्ट्रको शान र गौरव जोडिएको सिङ्गो खेलकुद क्षेत्र विश्वसामु राष्ट्रको पहिचान स्थापित गर्ने एक दरिलो माध्यम भएकाले यसको उच्च आदर्श लाई सबैले आत्मसात गर्नु पर्ने मेयर खड्काको भनाई थियो ।
यस्तै खड्काले स्वास्थ्य,शारीरिक विकास र अनुशाशीत नागरिक तयार गर्न खेलकुदको अहम भुमिका रहने बताउनु भयो । उहाले खेल क्षेत्रको विकासका लागि विद्यालय तहदेखि नै खेलका गतिविधि अगाडी बढाउनु पर्ने र यस्ता प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेका क्षमता उजागर गरि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा पुग्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
साथै नगर क्षेत्रको खेल बिकासमा भौतिक पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताए ।तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास संयोजक मानबहादुर रावलले खेलकुदलेनै राष्ट्रिय अन्तराष्ट्रियक्षेत्रमा देशलाई चिनाउने भन्दै खेलकुद क्षेत्रको विकासका लागि आफुहरु लागेको बताए ।
उहाले विद्यार्थीहरुमा लुकेका क्षमताहरुलाई यस्ता प्रतियोगिताले स्थान दिने र खेलाडीको हौसला बढाउने बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख चक्रबहादुर भण्डारी, एनप्याव्सन दाङका प्रतिनिधि तथा गोरखा मावि तुलसीपुरका प्राचार्य विजयमान जिएम, अमर उरहरी माविका प्रधानाध्यापक पदमबहादुर वलीले विद्यालय स्तरीय यस्ता खेलकुद प्रतियोगिताले खेलकुदको विकास र विस्तार हुनुका साथै विद्याार्थीहरुको वृद्धि विकासमा सहयोग पुग्ने बताएका थिए । गुरुजजुर माविका प्रधानाध्यापक विष्णुकुमारी केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो कला कौशल प्रस्तुत गर्नुका साथै विभिन्न झाँकी तथा मार्चपास गरिएको थियो ।
कार्यक्रमको सहजिकरण बिधालयका शिक्षक लेवेन्द्र केसीले गरेका थिए । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका संस्थागत र सामुदायिक गरि ३९ बिधालयको सहभागिता रहेकोछ । रनिङ शिल्ड प्रतियोगितामा मार्सल आर्ट कराते,तेक्वान्दो, भलिबल,एथलेटिक्स र कबड्डी गरि पाँच खेलमा सहभागी बिधालयका छात्रर छात्रा बिच कडा प्रतिस्पर्धा हुनेछ ।
यसैबिच आज सम्पन्न एथलेटिक्स तर्फको १०० मिटर छात्रा दौडमा गोरखा माबिका धावनी नेपाली प्रथम,गुरुजजुर माबिका निसा केसि द्वितिय र अमृत एकेडेमिका सरिता महरा तृतिय भए । त्यस्तै छात्र तर्फ माबी सेन्टरका टार्जन गिरि प्रथम,ज्ञान ज्योती माबिका अर्जुन कुमार योगि द्वितिय ग्रेट अरनिको माबिका अनिल चौधरी तृतिय भए । त्यस्तै १५०० मिटर दौड छात्र तर्फ गुरुजजुर माबिका विशाल महत प्रथम,गोरखा माबिका बिजय कवर द्वितिय र ग्रेट अरनिको माबिका नरेश कुमार घर्ती तृतिय भए।
तस्तै छात्रा तर्फ गोरखा माबिका मोतिकला डागी प्रथम,माबी कालाखोलाका जेनिशा पुन द्वितिय माबी तुलसिपुर सेन्टरका एलिशा सुनाम तृतिय भए ।त्यस्तै सटपट छात्र तर्फ गोरखा माबिका पुष्पकमल बिक प्रथम,सहिद स्मृति माबिका सुशील शाही द्वितिय र ग्रेट अरनिको माबिका ऋषिकेश चन्द तृतिय भए ।
यसैगरी छात्रा तर्फ ज्ञान ज्योती माबिका रितु नेपाली प्रथम,गुरुजजुरकि निरुता बिक द्वितिय र डिभाईन टेम्पल एकेडेमीका कृतिका बुढाथोकी तृतिय भए । त्यस्तै छात्रा लङजम्पमा गोरखा माबिकी करुणा रिजाल प्रथम,गुरुजजुरकी निशा केसि द्वितिय र अम्बिकेश्वरी माबी अम्बापुरकी अनिता चौधरी तृतिय भएको एथलेटिक्स वरिष्ठ प्रशिक्षक पद्मा चौधरिले जानकारी दिनु भएकोछ । प्रतियोगिता अन्तरगत भोलि शुक्रबारका खेल बिहान ८ बजे देखि सुरुहुने आयोजकले जानकारी दिएको छ ।
