
Nssbus7
Gsl
Amb
Jsbus
Gsbus
gms
Pbu
Csbus
dsbus
Bksbus5
Ddhbs
Rbs
Ratbs
Ssbus

Vor
Rgu
Ssm
Sbs
nsb
Bbu
Rgs
Wsp
Tsm
Rsb
Pvg
Gst
Asm
Hal
Rgu
Ggd
Bbbpu
Sls
Ksm

Bml
Syp
Gsb
Rmb
Jmb
Mks
Pls
Rpp
Ptm
Jmb
sab
Abd
bbt
दाङ । देउखुरीको गढवा गाउँपालिकामा पालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा जनता माध्यमिक विद्यालय कालाकाटेको आयोजनामा माघ ३ गतेदेखि – ५ गतेसम्म संचालन भएको उक्त खेलकुद कार्यक्रमको शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको हो ।
आयोजक विद्यालय जनता माध्यमिक विद्यालय कालाकाटेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर महताराको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सांसद ईन्द्रजीत थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण पोख्रेल ( विश्वास ), गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम विक,र गढवा गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्षहरुले विभिन्न खेलका विजेताहरुलाई प्रमाणपत्र तथा मेडल,ट्रफी,कप र शिल्ड वितरण गर्नु भएको थियो ।
प्रतियोगितामा मावि तर्फ प्रथम सरस्वती मावि विद्यानगर,द्वितीय जनता मा.वि.गढवा र तृतीय मा.वि.चैनपुर भएका थिए । त्यसैगरी आधारभूत तह तर्फ प्रथम शुभतारा मावि गढवा,द्वितीय मावि पचहिया र तृतीय मुनामिलन ई.बो.स्कूल गंगापरस्पुर तथा प्रावि तर्फ प्रथम मावि चैनपुर ,द्वितीय राप्ती साउथर्न मावि रामनगर र तृतीय सरस्वती आवि चन्दनपुर भएका थिए ।
यसैबीच आगामी वर्ष २०८१ मा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने जिम्मा जनता मावि गढवाले पाएको छ । यस वर्ष प्रतियोगिता आयोजना गरेको आयोजक विद्यालय जनता मावि कालाकाटेका प्रधानाध्यापक वासुदेव वेल्वासेले जनता मावि गढवाका प्रधानाध्यापक रामसुरत यादवलाई २०८१ मा प्रतियोगिता संचालनको लागि झण्डा हस्तान्तरण गर्नु भएको हो ।
