
Gsl
Ssbus
dsbus
Csbus
Bksbus5
Rbs
Pbu
Amb
Ddhbs
Jsbus
Ratbs
gms
Gsbus
Nssbus7

Pvg
Asm
Rgu
Sls
Gst
nsb
Bbu
Wsp
Bbbpu
Rsb
Rgu
Rgs
Ksm
Vor
Sbs
Ggd
Ssm
Hal
Tsm

Pls
Rmb
Jmb
Bml
Rpp
Syp
Abd
Ptm
Gsb
bbt
Mks
sab
Jmb
दाङ । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरिय एक दिवसिय क्रीकेट छनौट प्रतियोगितामा दाङ्ग १० विकेटले बिजयी भएको छ ।
लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा भएको ग्रुप बि को चौथो खेलमा दाङले बर्दियालाई १० विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको बर्दियाले ३३.२ ओभरमै आफ्नो सम्पूर्ण विकेट गुमाएर ९४ रनमा मात्र सिमित हुन पुग्यो ।
बर्दियाका लागि सर्वाधिक हेमन्त आचार्यले ४८ रन नटआउट पारी खेले । त्यस्तै सुजल केसिले १४ रन बनाए । ७ विकेटका लागि हेमन्त र सुजलले ३४ रनको साझेदारी गरे । अन्यले दोहोरो अंक समेत जोड्न सकेनन् ।
बर्दियालाई सस्तैमा समेट्न दाङका स्टाराइक बलर विर बहादुर घर्ती मगरले ९ ओभरमा २ मेडन राखी २३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै आशिस वलिले ६.२ ओभर बलिङ गर्दै १६ रन खर्चेर ३ विकेट लिए भने मिलन विसि, मोहन खत्री र विराट सिङ भण्डारीले १-१ विकेट लिए । जवाफी ९५ रनको लक्ष्य पछ्याएको दाङले १९.५ ओभरमा बिना विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । दाङलाई जित दिलाउन कप्तान सुशान्त सिङ थापाले ५५ बलमा ८ चौकाको मद्दतमा ४८ रनको योगदान दिए भने विराट सिङ भण्डारीले ६४ बलमा ३ चौकाको मद्दतमा ३२ रन बनाए । ओपनर ब्यट्सम्याननै बर्दियाका निम्ति हाबी भए । बर्दियाका बलरले विकेट गिराउन अथाह प्रयास गरेपनि दाङले बिना विकेटको क्षतीमा जित निकाल्यो ।
प्रतियोगितामा म्यान अफ दि म्याच दाङका विर बहादुर घर्ती मगर घोषित भए । यो खेलसँगै लुम्बिनी प्रदेश क्रिकेट सँगले आयोजना गरेको छनौट प्रतियोगिता सकिएको छ । प्रदेशभरीका ७ जिल्लाले सहभागी जनाएको प्रतियोगितालाई २ भागमा बिभाजन गरिएको थियो । समहु ए मा नवलपरासी, रुपन्देही, कपिलबस्तु र पाल्पा समाबेस थिए भने समूह बि मा दाङ, बाँके र बर्दिया थिए । यसअघि समूह ए बाट नवलपरासी फाईनलमा पुगेको थियो भने समूह बि बाट बाँके फाईनलमा स्थान बनाएको छ । यी दुई जिल्ला बिच २२ गते भैरहवामा फाईनल प्रतिष्प्रधा हुनेछ ।
