प्रचण्ड,माधव नेपाल लगायतका शिर्ष नेताहरु मंसिर १३ गते दाङको लमहीमा आउँदै

दाङ । नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह-संयोजक माधवकुमार नेपाल मंसिर १३ गते देउखुरीको लमहीमा आउने भएका छन् । लुम्बिनी प्रदेश स्तरीय सभालाई सम्बोधन गर्न संयोजक प्रचण्ड र सह-संयोजक माधव लगायतका नेताहरु आउन लागेको नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वधार विकास मन्त्री इन्द्रजीत थारुले जानकारी दिए । त्यस्तै […]

काङ्ग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय,बीपी स्मृति भवनमा बैठक बस्ने जानकारी दिए । असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मितिबारे नै केन्द्रित छ। अहिलेसम्म बैठकमा विभिन्न पद पदाधिकारी […]

आज एमालेले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै,जनसभामा ६० हजार मान्छे उतार्ने दाबी

काठमाडौँ । आज नेकपा एमालेले काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको हो । त्यस्तै यो जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अर्थ्याउँदै आएको छ । संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरुप जनसभा गर्न लागिएको नेताहरुले बताएका […]

काङ्ग्रेसको महाधिवेशन नभए महामन्त्रीद्वय गगन र विश्वप्रकाश प्रतिनिधिसभा निर्वाचन नलड्ने

काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको १५ औँ महाधिवेशन नभए निर्वाचन नलड्ने बताएका छन् । शुक्रबार बिहान संस्थापन समूहका २५ केन्द्रीय सदस्यहरुसँगको भेटमा महामन्त्रीद्वय थापा र शर्माले निर्वाचन अगाडि महाधिवेशन आफूहरुको बटमलाइन भएको बताएका हुन् । भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु […]

प्रधानमन्त्री कार्कीललाइ विप्लवले भेटे र भने–विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि उपस्थिति थिए । भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक परिस्थिति र आगामी निकासका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्रीको सचिवालयका अनुसार, विप्लवले वर्तमान […]

रास्वपाले निर्वाचन केन्द्रित कार्यदलहरु गर्‍यो गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित कार्यदलहरु गठन गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको निर्वाचन केन्द्रित वाचापत्र तयारी कार्यदलमा सदस्य विस्तार गर्ने निर्णय गरेको छ । स्वर्णिम नेतृत्वको वाचापत्र तयारी कार्यदलमा केन्द्रीय सदस्यहरु सोविता गौतम,गणेश कार्की, क्रान्तिशिखा धिताल,अरनिको पाँडे,नन्दन यावदसहित पार्टी सल्लाहकार राम गुरुङ सदस्य […]

आज काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विवाद एक हप्ता केन्द्रीय कार्यसमिति बैठक रोकेर अनौपचारिक प्रयास गर्दा पनि मिल्न सकेको छैन । केन्द्रीय […]

आज रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार आज बस्ने भएको छ । दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीति,संवाद एवं सहकार्यका पहलबारे छलफल हुनेछ । सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत बैठकमा दिइने भएको छ । त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा […]

राप्रपा लमही नगर समितिको अधिवेशन सम्पन्न,बलदेव भण्डारी अध्यक्षमा चयन

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लमही नगर समितिको अधिवेशन मंगलबार आज लमहीमा सम्पन्न भएको छ। अधिवेशनले बलदेव भण्डारीको अध्यक्षतामा १७ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो। नवगठित समितिमा शान्ति कुवर जेनी,मिना चौधरी,सीता सार्की,शिशिर कडेल,धर्म बहादुर खड्का,आदित्य कशौधन,चेत बहादुर खत्री, कमला जिसी,रविन्द्र ध्वज शाह,डोलप्रसाद पाण्डे, शेषमणी घिमिरे,हिरालाल खड्का,रुद्र बहादुर खत्री,गोपाल प्रसाद कडेल,दुर्गा प्रसाद सुवेदी र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]