
Bksbus5
gms
Jsbus
Bsbus
Rsbus
Lsbus
Ksbus
Csbus
Pbu
Ksbus
Ssbus
Nssbus7
bpmhl
Ksbus
Gsl
Gsbus
Ssbus
Ssbus
dsbus

Bbbpu
Asm
Rgu
Vor
Ksm
Sls
Hal
Bbu
Rgu
Wsp
Tsm
Sbs
nsb
Gst
Ssm
Ggd
Rgs
Pvg
Rsb

bbt
Pls
Gsb
Mks
Jmb
Bml
Abd
Rpp
Syp
sab
Jmb
Rmb
Ptm
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्ती गाउँपालिकाले पछिल्लो समय “डोजर आतंक”को विषयमा समाजमा भ्रम फैलाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले केही जनप्रतिनिधि तथा समाजका अगुवाहरूले निर्णयहरुको गलत व्याख्या गर्दै अनावश्यक त्रास सिर्जना गरेको आरोप लगाउँदै सस्तो लोकप्रियताका लागि दोहोरो चरित्र नदेखाउन आग्रह गरेको छ । पार्टीका राप्ती गाउँपालिका सभापति दोर्ण बहादुर जिसीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार वर्षौँदेखि नागरिकले बसोवास गर्दै आएको जग्गा तथा त्यसमा गरिएको लगानीको सुरक्षा,संरक्षण र वैज्ञानिक व्यवस्थापन गर्नु राज्यको दायित्व हो । तर विगत तीन दशकदेखि विभिन्न सत्ताधारी दलहरुले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबास लगायतका समस्या समाधान गर्ने नाममा राजनीतिक फाइदा मात्र लिँदै आएको र ठोस योजना कार्यान्वयनमा ल्याउन नसकेको उल्लेख गरिएको छ ।
रास्वपाले नेपाल सरकारले अहिले भूमि समस्याको दीर्घकालीन र वैज्ञानिक समाधानका लागि प्रक्रिया अघि बढाइरहेको जनाएको छ । गत वैशाख १३ गते दाङका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहबीच भएको बैठकका निर्णयहरु स्पष्ट रुपमा नआएको र त्यसको गलत व्याख्या गरिँदा जनतामा भ्रम र त्रास फैलिएको पार्टीको भनाइ छ । विज्ञप्तिमा बैठकका निर्णयमा हस्ताक्षर गर्ने केही जनप्रतिनिधिहरुले नै सामाजिक सञ्जालमार्फत भ्रामक सन्देश फैलाएको भन्दै त्यस्तो दोहोरो भूमिकाप्रति सचेत रहन राप्तीवासीलाई आग्रह गरिएको छ। “समाजलाई धमिलो बनाई माछा मार्ने प्रवृत्ति देखिएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयलाई जनताले सजिलै बुझ्ने गरी स्पष्ट र सरल भाषामा सूचना प्रवाह गर्न पनि पार्टीले अनुरोध गरेको छ । साथै वास्तविकता नबुझी आन्दोलनका नाममा सर्व साधारणलाई दुःख नदिन राजनीतिक दल र तिनका अगुवाहरुलाई अपिल गरिएको छ । रास्वपाले प्रमुख जिल्ला अधिकारीसँगको छलफलका आधारमा तत्काल गुठी,मठमन्दिर, अस्पताल तथा सरकारी संस्थानका अतिक्रमित जग्गा खाली गराउने कार्य अघि बढाइने र अव्यवस्थित बसोबास तथा भूमिहीन सुकुम्बासीहरुको लगत संकलन भइरहेको जानकारी पाएको जनाएको छ ।
