
Rsbus
bpmhl
Ksbus
Lsbus
Ssbus
Pbu
gms
Nssbus7
dsbus
Csbus
Jsbus
Ssbus
Bsbus
Gsl
Gsbus
Bksbus5
Ssbus
Ksbus
Ksbus

Vor
Rgs
Gst
Hal
Pvg
Tsm
Wsp
Sls
nsb
Rgu
Bbbpu
Ksm
Rsb
Bbu
Sbs
Asm
Rgu
Ggd
Ssm

Rmb
Pls
sab
bbt
Mks
Syp
Bml
Jmb
Abd
Gsb
Ptm
Rpp
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीस्थित कर्री सामुदायिक वन उपभोक्ता समूहले क्यान्सर रोगबाट पीडित देवा वलीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
लमही-७ कप्तानगञ्ज निवासी वली केही समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आएका छन् । उपचारका क्रममा रहेका उनलाई सान्त्वना तथा सहयोगस्वरुप कर्री सामुदायिक वन उपभोक्ता समूहले ३२ हजार रुपैयाँ प्रदान गरेको हो ।
समूहका अध्यक्ष किशोरकुमार घर्ती मगर नेतृत्वको टोलीले वलीको निवासमै पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । सो अवसरमा अध्यक्ष घर्ती मगरले विपद र दुःखको समयमा संस्थाले आफ्नो पदाधिकारी तथा उपभोक्तासँग ऐक्यबद्धता जनाउनु दायित्व भएको बताउँदै वलीको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
कर्री सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष समेत रहेकी वलीलाई उपचारमा केही राहत पुग्ने विश्वासका साथ सहयोग गरिएको समूहले जनाएको छ । स्थानीयवासीले पनि यस्तो मानवीय कार्यले आपसी सद्भाव र सहयोगको भावना थप मजबुत बनाउने बताएका छन् ।
