सरकार अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए पदबाट राजीनामा

दाङ । प्रदेश सरकार अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामाको घोषणा गरेका छन् । बिहीबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामाको घोषणा गरेका हुन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि चौधरी नेतृत्वको सरकार अल्पमतमा थियो । माओवादी केन्द्रसहितका दलहरूको समर्थनमा नेपाली कांग्रेसका चौधरी ११ महिना अघि मुख्यमन्त्री बनेका थिए […]

आज १ बजेदेखि सिंहदरबारमा मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौँ । आज दिउँसो १ बजेदेखि सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो एक बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

नेपाली कांग्रेसलाई समस्या परे देशको ब्यबस्थामा खतरा-सभापती पुन

दाङ । नेपाली कांग्रेसका लम्बिनी प्रदेश सभापती अम्मर सिँह पुनले काँग्रेसलाई समस्या परे देशको ब्यबस्थामा खतरा हुने बताएका छन । हालसम्म देशको परिबर्तनका लागि आएको ब्यबस्था काँग्रेसकै कारण आएको त्यो ब्यबस्था नरहे देशनै खतरामा जाने सँकेत गरे । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’ ले आयोजना गरेको दोस्रो प्रदेश सभा क्षेत्रिय सम्मेलनमा सभापती […]

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा पदबाट राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पदबाट राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आफ्नो राजीनामा बुझाएका हुन् । माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले […]

देशको राजनीति उथलपुथल हुँदा कर्मचारीले काम गर्दैनन् : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले देशमा राजनीति घटनाक्रम उथलपुथल हुँदा स्थानीय सरकारको प्रशासन कमजोर भएको बताएका छन् । यस्तो बेलामा कर्मचारीले काम नगर्ने बानीले गर्दा संघीयता कार्यान्वयनलाई टेवा दिन नसक्ने अवस्था बनेको बताए । ‘राजनीतिमा आउने/जाने भइहाल्छ, प्रशासन बलियो भएन,’ लुम्बिनी प्रदेश योजना आयोगले मंगलबार देउखुरीमा गरेको दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक गर्दै मुख्यमन्त्री चौधरीले […]

काङ्ग्रेसका सांसद गिरीको प्रश्न:१० कक्षासम्म आउँदा आधा विद्यार्थी कता हराए?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले २०७० सालमा कक्षा एकमा देशभरी झन्डै साढे नौ लाख बालबालिका भर्ना भएकोमा अहिले दस वर्षपछि त्यसको आधि मात्रै विद्यार्थी एसईई परीक्षामा सहभागी भै रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले बाँकी आधि विद्यार्थी कता गए ? तिनलाई हामीले किन दस कक्षासम्म पनि रोक्न सकेनौ? […]

नेपाली काँग्रेस कमजोर भए यो देश रहँदैन-सहमहामन्त्री राठौँर

दाङ । नेपाली काँग्रेसका सहमहामन्त्री किशोर राठौँरले काँग्रेस कमजोर भए देश नरहने बताए । नेपाली काँग्रेस लमही नगरको दोस्रो नगर सम्मेलनलाई संबोधन गर्दै सहमहामन्त्री राठौँरले देशमा कुनै समस्या आए काँग्रेस बिना हल नहुने बताए । काँग्रेसले सबै परिस्थितीलाई सहज मान्दै कम्युनिस्ट मिलाउँदै गएकोले देशमा आर्थिक सँकट आई परेको जनाउदै उनले लिडरहरु उत्तरदायित्व हुनुपर्ने बताए ।नगर […]

राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर समितिद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर समितिले शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रास्वपा लमही नगर समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लमही उपशाखाको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो । पछिल्लो समय विभिन्न अस्पतालहरुमा रगतको अभावले गर्दा बिरामी मानिसहरुले समयमा रगत नपाएर दुख पाउने गरेको समस्यालाई मध्यनजर गर्दै रास्वपा लमही नगर समितिले […]

विदेशमा रहने नेपालीले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् । गएराति संसारभरिका माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन उनले प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भई रहेको बताए । त्यस्तै उनले गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]