
Pbu
Jsbus
Ratbs
Ssbus
Bksbus5
Amb
dsbus
Csbus
Rbs
Gsbus
Nssbus7
gms
Gsl
Ddhbs
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन,प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक,युट्युब,अनलाइन जस्ता कतिपय माध्यमबाट हुने विकृति रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका,२०७७ […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ को विकट गाउँ भैसाही नाकामा विगत लामो समयदेखि नेपाली काङ्ग्रेसमा क्रियाशीलभई आउनु भएका युवा नेता हरिबहादुर खड्का मंगलबार राष्ट्रिय जनमोर्चा पार्टीमा प्रवेश गर्नु भएको छ । राष्ट्रिय जनमोर्चा कार्यालय दाङमा एक सङ्क्षिप्त प्रवेश कार्यक्रममा जिल्ला उपाध्यक्ष महेश रिजालले उहाँलाई पार्टीको सदस्यता प्रदान गर्नु भएको हो । उक्त […]
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैहुनुहुन्छ । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । यस्तै प्रचण्ड-माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली जानू भएको थिएन । उहाँ आज बिहान ११ बजे […]
दाङ । विघटित संसदको पुनस्थापना गरौं संघियताको विरोध गरौं,गणतन्त्र ,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौ भन्ने मुल नाराका साथ राजमो राजपुर एरिया कमिटीको आयोजनामा आइतबार राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा विरोधसभालाई सम्बोधन गरदै प्रमुख अतिथि एवं राष्ट्रिय जनमोर्चा केन्द्रिय कार्यकारी अध्यक्ष तथा पूर्व संविधानसभाका माननीय सभासद रश्मिराज नेपालीले […]
दाङ । राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीको आयोजनामा वडा नं १ स्तरीय कार्यकर्ता भेला शुक्रबार कठबेरुवामा सम्पन्न भएको छ । भेलाले बेमराज खनालको अध्यक्षतामा एक सल्लाहकार सहित आठ सदस्यीय वडा कमिटीको गठन गरेको छ । जसको उपाध्यक्ष मा नमराज शर्मा,सचिव नारायणी काला थोकी, कोषाध्यक्ष डोरा प्रसाद पार्दे, सदस्यहरुमा जिवा भण्डारी, दिलबहादुर चौधरी र कृष्णा बानियाँ […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताउनु भएको छ । नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताउनु भयो । यस्तै उहाँले अघि भने,जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो,त्यो […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले नारायणहिटी अगाडि गरेको वृहत आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो । त्यस्तै महानगरीय ट्राफिक महाशाखा,रामशाहपथका अनुसार कार्यक्रम अवधिभरका लागि रिङरोडभित्र सार्वजनिक यातायातलाई प्रवेशमा रोक लगाइएको छ । मोटरसाइकललाई भने चल्न दिइएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समुहले दाहाल र नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप शुक्रबार काठमाडौंमा आफ्नो बृहत आमसभा गर्दैछ । त्यस्तै प्रधानमन्त्री ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको आमसभा काठमाडौंको नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुँने भएको छ । यस्तै आमसभाका लागि दरबार अगाडिको सडक खालि गरिएको छ भने जनसभामा तीन लाख बढी […]
काठमाडौं । प्रचण्ड-माधव नेकपा समूहले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । त्यस्तै संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको छ । यस बाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको […]