Sidha Patra शुक्रबार, माघ २३, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले नारायणहिटी अगाडि गरेको वृहत आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो ।

त्यस्तै महानगरीय ट्राफिक महाशाखा,रामशाहपथका अनुसार कार्यक्रम अवधिभरका लागि रिङरोडभित्र सार्वजनिक यातायातलाई प्रवेशमा रोक लगाइएको छ । मोटरसाइकललाई भने चल्न दिइएको छ । जय नेपाल,महेन्द्र शालिक र केशर महल क्षेत्रमा पूर्णतः सवारीसाधन निषेध गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले बताउनु भयो ।

त्यसैगरी पुतलीसडक,नक्साल लगायतका क्षेत्रमा भने अहिले सवारी आवागमन सामान्य हुँदै गएको ट्राफिक प्रहरीले जनाएको छ । अवरोध भएका ठाउँमा वैकल्पिक मार्गबाट सवारी साधनहरुलाई डाइभर्सन गराइएको प्रहरीले जनाएको छ । त्यस्तै नारायणहिटीमा भैरहेको आमसभामा यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली सहित अन्य नेताहरुले सम्बोधन गर्दै हुनुन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]