
gms
Pbu
Ssbus
Jsbus
Csbus
Rbs
Nssbus7
Ratbs
dsbus
Bksbus5
Amb
Gsl
Gsbus
Ddhbs

Ggd
Tsm
Wsp
nsb
Gst
Bbbpu
Rgu
Rgs
Ksm
Rgu
Sbs
Asm
Vor
Sls
Bbu
Rsb
Hal
Ssm
Pvg

Ptm
Gsb
Mks
Jmb
Pls
Syp
Abd
Rmb
Rpp
bbt
Jmb
Bml
sab
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैहुनुहुन्छ । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।
यस्तै प्रचण्ड-माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली जानू भएको थिएन । उहाँ आज बिहान ११ बजे आयोगको कार्यालय जाने उहाँको सचिवालय स्रोतले जानकारी दिएको छ ।
नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्नु छ । साथै उहाँले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गर्नु भएको थियो । संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व ओलीले गर्नु भएको छ भने अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गर्नु भएको छ ।
त्यस्तै बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड-माधव समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि प्रचण्ड-माधव पक्षका नेताहरुलाई हटाउँदै संगठन पुनर्गठन गर्दै आएको छ ।
